SamwadKhabar logo

               

विश्व

श्रीलंकाका सर्वसाधरण सरकार विरुद्ध प्रदर्शनमा उत्रे

संवाद खबर

संवाद खबर

श्रीलंकाका सर्वसाधरण सरकार विरुद्ध प्रदर्शनमा उत्रे
चैत १८, काठमाडौं । आर्थिक संकटमा फसेका श्रीलंकाका सर्वसाधरण सरकार विरुद्ध प्रदर्शनमा उत्रेका छन् । खाद्यान्न अभाव र मंहगीको बिरोधमा रातको समयमा कोलोम्बोमा भेला भएका उनीहरु राष्ट्रपति गोटाबाया राजपक्षेको घरतर्फ अघि बढ्दा प्रहरी र सर्वसाधारणबीच झडप समेत भएको छ । करिब ५ हजारको संख्यामा भेला भएका प्रदर्शनकारीले सरकार विरुद्ध चर्को नारा लगाउनुका साथै सडक अवरुद्ध गर्दा प्रहरीले उनीहरुमाथि धरपकड गरेको हो । सेना र प्रहरीको गाडीमा समेत आगजनी गरेपछी प्रहरीले अश्रग्यास रबरको गोली प्रहार गर्दा केही प्रदर्शनकारी घाइते भएका छन् । सोही क्रममा केही प्रदर्शनकारीहरुले राष्ट्रपति निवासकोे पर्खाल चढ्ने प्रयास गर्दा ४५ जना प्रदर्शकारी पक्राउ परेका छन् । श्रीलंकामा केही दिन अघि लगाइएको कर्फ्यू हटे लगत्तै बिरोध प्रदर्शन भएको हो । प्रदर्शनकै बीच राजधानी कोलोम्बो लगाएत अन्य शहरहरुमा सेनासमेत परिचालन गरिएको छ । ऋणको बोझमा रहेको श्रीलंकाले गम्भीर आर्थिक संकटको सामना गरिरहेको छ । प्रदर्शनकारीहरुले राष्ट्रपति गोटाबायाले पद त्याग नगरेसम्म प्रदर्शन जारी राख्ने अडान लिएका छन् ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

काठमाडौंमा विश्व अहिंसा तथा गान्धी दिवस मनाइयो

काठमाडौंमा विश्व अहिंसा तथा गान्धी दिवस मनाइयो

१६ असोज, काठमाडौं । विश्वभर विश्व अहिंसा दिवस तथा १५५ औँ महात्मा गान्धी जयन्ती आज वि…

भारतमा हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

भारतमा हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

१६ असोज, काठमाडौं । पश्चिमी भारतको पुणे जिल्लाको बावधन नजिक बुधवार हेलिकप्टर दुर्घट…

इजरायलमाथि झण्डै २ सय मिसाइल आक्रमण

इजरायलमाथि झण्डै २ सय मिसाइल आक्रमण

१६ असोज, काठमाडौं । इरानले मंगलवार राति इजरायलमाथि झण्डै दुई सय मिसाइल आक्रमण गरे…

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…