SamwadKhabar logo

समाचार

सिन्धुलीको मुसहर बस्तिबाट भूमिहिन दलितलाई लालपूर्जा वितरण शुरु

संवाद खबर

संवाद खबर

सिन्धुलीको मुसहर बस्तिबाट भूमिहिन दलितलाई लालपूर्जा वितरण शुरु
चैत २१, काठमाडौँ । संविधानमा व्यवस्था भएअनुसार भूमिहिन दलितलाई जग्गाको लालपूर्जा वितरणको काम सिन्धुलीको मुसहर बस्तिबाट शुरु गरिएको छ । राष्ट्रिय भूमि आयोग, सिन्धुली जिल्ला समिति मार्फत सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नं ९ को मुसहर बस्तीमा १०६ भूमिहिन घर परिवारलाई लालपूर्जा वितरण गरिएको हो । भूमिहिन दलितलाई लालपूर्जा वितरण कार्यक्रमको आज शुरुवात गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सरकारले शुरु गरेको भूहिनिलाई जग्गा वितरण गर्ने अभियानमा वास्तविक भूमिहिन कोहीपनि जग्गा पाउनबाट छुट्न नहुने बताउनु भयो । भूमिहिनलाई भूमि उपलब्ध गारउने अभियानमा देश जुटिरहेको भन्दै मन्त्री श्रेष्ठले बारम्बार उठिरहने भूमि सम्बन्धी समस्या दिगो रुपमानै समाधान गर्न आफूहरु लागिरहेको पनि बताउनु भयो । मन्त्री श्रेष्ठले एक वर्षभित्र सबै गाउँब्लकको जग्गाको नापी गर्ने र लालपूर्जा वितरण गर्ने काम सम्पन्न गरिसक्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो “सरकार संविधानको कार्यन्वयन र भूमिहिनलाई भूमि उपलब्ध गारउने काममा जुटिरहेको छ । भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई ललापूर्जा वितरणको काम पनि अब राष्ट्रिय भूमि आयोग मार्फत शुरु भइसकेको छ, निर्वाचन आचारसंहितका कारण केही समय लालपूर्जा वितरणको काम रोकिने भएपनि निर्वाचन लगत्तै पुनः कामले तिब्रता पाउने छ भने देशभर रहेका गाउँब्लकको जग्गा नापी र लालपूर्जा वितरणको काम एक वर्षभित्र गरिसक्ने गरी काम शुरु गरिसकिएको छ ।” मन्त्री श्रेष्ठले भूमि सम्बन्धी सम्पूर्ण समस्या समाधान गर्ने अहिलेको सरकारको मुख्य उदेश्य रहेको भन्दै आगामी दिनमा फेरी पनि आयोग गठन गरिरहनु पर्ने तथा भुमि सम्बन्धी विषयमा हात हालिरहनु पर्ने अवस्थाको अन्त्य गर्ने गरी काम गर्न लागिपरेको पनि बताउनुभयो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि