SamwadKhabar logo

               

खेलकूद

त्रिदेशीय टी–२० सिरिज : नेपालद्वारा पीएनजीलाई १६९ रनको लक्ष्य

संवाद खबर

संवाद खबर

त्रिदेशीय टी–२० सिरिज : नेपालद्वारा पीएनजीलाई १६९ रनको लक्ष्य
चैत २१, काठमाडौँ । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनल खेलमा नेपालले पपुवा न्युगिनी ९पीएनजी० लाई १६९ रनको विजयी लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रन बनाएको हो । नेपालका लागि मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले ५४ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । उहाँले ३८ बलमा पाँच चौकाको सहयोगमा अविजित उक्त रन बनाउनुभएको हो । करण केसीले अविजित ३३, ओपनरद्वय आशिफ शेखले २९ र कुशल भुर्तेलले २५ रन बनाउनुभयो । आदिल अन्सारीले १५ रन जोड्नुभयो । रोहित पौडेलले दुई तथा आरिफ शेख र दिलीपनाथ शून्य रनमा आउट हुनुभयो । बलिङमा पीएनजीका सेमो कामेअले तीन, कवुअ मोरेया, रिले हेकुरे र चाद सोपरले एक एक विकेट लिनुभयो । नेपाल सिरिजमा अपराजित रहँदै उपाधि जित्ने लक्ष्यमा छ । उता पीएनजी पनि नेपाललाई हराएर दोहोरो उपाधि घर लैजाने अभियानमा छ। टी–२० सिरिजअघि नेपालविरुद्ध दुई खेलको एकदीवसीय सिरिजमा पीएनजीले क्लीन स्वीप गरेको थियो । तर टी–२० सिरिजको लिगका दुईवटै खेलमा पीएनजी नेपालसँग पराजित भएको थियो । लिगका चारवटै खेलमा अपराजित नेपाल फाइनल खेलमा पनि उही लय कायम राख्न चाहन्छ । यदि पीएनजीलाई आज हराउन सके नेपालका कप्तान सन्दीप लामिछानेका लागि घरेलु मैदानमा यो पहिलो कप्तानी उपाधि हुनेछ ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…