SamwadKhabar logo

समाचार

नेपालमा वायु प्रदूषणका कारण बर्सेनि झन्डै ३८ हजारको मृत्यु

संवाद खबर

चैत २४, काठमाडौं । आज विश्व स्वास्थ्य दिवस । ‘स्वच्छ वातावरण, स्वस्थ नेपाली’ भन्ने नाराका साथ दिवस मनाइँदै छ । यो वर्ष स्वास्थ्य दिवसको नारा वातावरण र मानव स्वास्थ्यबीचको अन्तरसम्बन्धमा केन्द्रित रहेर निर्धारण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विश्वमा वायु प्रदूषणजन्य रोगका कारण बर्सेनि ७० लाख मानिसको मृत्यु हुने गरेको तथ्यांक छ । विश्वमा दुई अर्ब मानिस सुरक्षित पिउने पानी र ३.६ अर्ब मानिस सुरक्षित सरसफाइको अभावमा छन् । यस्तै, प्रदूषित पानी र उचित सरसफाइको अभावका कारण हुने झाडापखाजन्य रोगबाट आठ लाख २९ हजार मानिसको ज्यान जाने गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपालमा बर्सेनि वायु प्रदूषणबाट ३७ हजार ६८३ जनाको र सुर्तीजन्य रोगका कारण २७ हजार १०० मानिसको अकालमै मृत्यु हुने गरेको तथ्यांक छ ।नेपालमा वायु प्रदूषण, जलवायु परिवर्तनप्रेरित प्रकोपहरू (बाढी, खडेरी, अत्यधिक गर्मीका कारण हुने वन डढेलो) र असुरक्षित पानीको प्रयोगले मृत्यु र रोगलाई बढाउने गरेको मन्त्रालयले जनाएको छ । यस्तै, राष्ट्रिय स्वास्थ्य नीति, जनस्वास्थ्य सेवा ऐन र नेपाल स्वास्थ्य क्षेत्र रणनीतिलगायतले वातावरणीय स्वास्थ्यसँग सम्बन्धित मुद्दाहरूलाई सम्बोधन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि