SamwadKhabar logo

               

राजनीति

इमरान खान पदमुक्त नयाँ प्रधानमन्त्री सोमबार चुनिने

देवराज रिजाल

देवराज रिजाल

इमरान खान पदमुक्त नयाँ प्रधानमन्त्री सोमबार चुनिने
२७ चैत्र, काठमाडौँ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पारित भएको छ । अविश्वासको प्रस्तावको पक्षमा १७४ जना सदस्यले मतदान गरेपछि प्रधानमन्त्री खानविरुद्ध अविश्वासको प्रस्ताव पारित भएको बीबीसीले जनाएको छ । अविश्वासको प्रस्ताव पारित भएसँगै इमरान खान पदमुक्त भएका छन् । उनको सरकारले संसद् विघटन गरी तत्काल चुनावको तयारी अघि बढाउने घोषणा गरेपछि आक्रोशित प्रतिपक्षी दलका नेताहरू संसद्‌मा मतदान रोक्ने निर्णय कानुन विपरीत भएको भन्दै सर्वोच्च अदालत पुगेका थिए। बिहीबार पाकिस्तानको सर्वोच्च अदालतले संसद् विघटनको निर्णयलाई उल्टाएको थियो । जसमा विपक्षीहरुले इमरान खानविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावलाई संविधानको धारा ५ को हवाला दिँदै खारेज गरेको थियो। त्यससँगै अविश्वास प्रस्तावमाथिको छलफलको बाटो पुनः खुलेको थियो । संसदबाट अविश्वासको प्रस्ताव सफल भएपछि सदनलाई सम्बोधन गर्दै पीएमएल–एनका अध्यक्ष शाहबाज शरीफले पाकिस्तानले आज फेरि एक पटक संविधान र कानुनलाई स्थापना गरेको प्रतिक्रिया दिएका छन् । संसदबाट अविश्वासको प्रस्ताव सफल भएपछि सदनलाई सम्बोधन गर्दै पीएमएल–एनका अध्यक्ष शाहबाज शरीफले पाकिस्तानले आज फेरि एक पटक संविधान र कानुनलाई स्थापना गरेको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘ हामी कसैसँग बदला लिँदैनौँ । कानुनले आफ्नो काम गर्छ ।’ अविश्वासको प्रस्ताव पारित भएपछि सदनलाई सम्बोधन गर्दै पीपीपीका अध्यक्ष बैलावाल भुट्टोले अप्रिल १० अर्थात आजको दिनको ऐतिहासिक महत्त्व भएको बताए । उनले सन् १९७३ को अप्रिल १० मा सदनले संविधान पारित गरेको स्मरण गराए । उनले भने, ‘पुरानो पाकिस्तानमा तपाईंलाई स्वागत छ ।’ पूर्व क्रिकेटर खान अगस्ट १८, २०१८ मा पाकिस्तानको प्रधानमन्त्री नियुक्त भएका थिए । पाकिस्तान निकै राजनीतिक अस्थिरता हुने देशमध्ये एक मानिन्छ । पाकिस्तानको संसद्मा अविश्वास प्रस्ताव पारित भएसँगै प्रधानमन्त्री इमरान खान सत्ताबाट बाहिर भएका छन् । शनिबार राति त्यहाँको राष्ट्रिय सभामा अविश्वासको प्रस्तावमा मतदान भएको थियो जसमा १७४ सदस्यले प्रस्तावको पक्षमा मतदान गरे । इमरान खानले उनलाई सत्ता बाहिर निकाल्न अमेरिकाको नेतृत्वमा षड्यन्त्र रचिएको दाबी गरेका थिए । उनले कुनै पनि नयाँ सरकारलाई स्वीकार गर्न अस्वीकार गरेका थिए । पाकिस्तानमा कुनै पनि प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव सफल भएको यो पहिलो अवसर पनि हो । अब सोमबार पाकिस्तानको संसद्ले नयाँ प्रधानमन्त्री चुन्नेछ । नयाँ प्रधानमन्त्रीले आगामी चुनाव अर्थात् अक्टोबर २०२३ सम्म आफ्नो कार्यभार सम्हाल्नेछन् ।सी

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीको १११ औँ जन्मजयन्ती मनाइँदै

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीको १११ औँ जन्मजयन्ती मनाइँदै

२४ भाद्र, काठमाडौं । नेपालको राजनीति र साहित्यमा महत्त्वपूर्ण योगदान दिनुभएको पहिलो …