SamwadKhabar logo

               

राजनीति

बाइडेन र मोदीबीच आज भर्चुअल कुराकानी हुने

देवराज रिजाल

देवराज रिजाल

बाइडेन र मोदीबीच आज भर्चुअल कुराकानी हुने
२८ चैत्र, काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भर्चुअल कुराकानी हुने भएको छ। भारतीय विदेश मन्त्रालयका अनुसार सोमबार साँझ बाइडेन र मोदीबीच कुराकानी हुने तय भएको छ। अमेरिका र भारत रूसले युक्रेनमाथि गरेको आक्रमणका विषयमा फरक(फरक पोजिसनमा छन्। अमेरिकाले रूसी आक्रमणको भत्सर्ना गर्दै उसमाथि आर्थिक नाकाबन्दी लगाएको छ भने भारत यो विषयमा तटस्थ बसेको छ। पछिल्लो समय भारतले रूससँग सस्तो पेट्रोलियम पदार्थ किन्न लागेको चर्चा पनि चलिरहेको छ। बाइडेन र मोदीबीच युक्रेनमाथि रूसी आक्रमणसहित अरू दुई पक्षीय सहकार्य र विश्वव्यापी मुद्दाहरूमा कुराकानी हुने बताइएको छ। भारत र अमेरिका दुबै क्वाडका सदस्य हुन्। बाइडेन(मोदी भर्चुअल संवादअघि भारतका दुई जना महत्वपूर्ण मन्त्री वासिङ्टन पुगेका छन्। विदेश मन्त्री एस जयशंकर र रक्षा मन्त्री राजनाथ सिंह आइतबार वासिङ्टन पुगेका हुन्। वासिङ्टनमा उनीहरूले आफ्ना समकक्षीहरूसँग कुराकानी गर्नेछन्। बाइडेन(मोदीको भर्चुअल संवाद सकिएपछि अमेरिका भारत टु प्लस टु अर्थात् दुबै देशका विदेश र रक्षा मन्त्रीको बैठक हुनेछ। एजेन्सी

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

रुकुम पूर्वमा माओवादी केन्द्रका उम्मेदवार जगत् घर्ती निर्विरोध निर्वाचित

रुकुम पूर्वमा माओवादी केन्द्रका उम्मेदवार जगत् घर्ती निर्विरोध निर्वाचित

५ मंसिर, काठमाडौं । रुकुम पूर्वमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत् घर्ती निर्विर…

पूर्वसभामुख ढुङ्गानाको निधनको शोकमा आज सार्वजनिक बिदा,राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

पूर्वसभामुख ढुङ्गानाको निधनको शोकमा आज सार्वजनिक बिदा,राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

३ मंसिर, काठमाडौं । प्रतिनिधिसभाका पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा आज स…

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

२३ कार्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोला…

काठमाडौंमा एमालेद्वारा उम्मेदवार सार्वजनिक

काठमाडौंमा एमालेद्वारा उम्मेदवार सार्वजनिक

२२ कार्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले मंसिर १६ गते हुने स्थानीय त…