SamwadKhabar logo

               

विश्व

नेटोको सदस्यता नलिन स्वीडेन र फिनल्याण्डलाई रुसको चेतावनी

संवाद खबर

संवाद खबर

नेटोको सदस्यता नलिन स्वीडेन र फिनल्याण्डलाई रुसको चेतावनी
चैत २९, काठमाडौं । रुसले युरोपेली राष्ट्रहरु फिनल्याण्ड र स्वीडेनलाई पश्चिमा सैन्य संगठन नेटोमा सामेल नहुन चेतावनी दिएको छ। रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता डिमित्री पेस्कोभले नेटोमा आवद्ध हुने तयारीमा रहेका फिनल्याण्ड र स्वीडेनलाई नेटोमा सामेल भए युरोपमा स्थायित्व नआउने भन्दै त्यस्तो चेतावनी दिएको हो । नेटो संगठन टकराव निम्त्याउने माध्यमका रुपमा रहेको भन्दै रुसले गत फेबु्रअरी २४ देखि युक्रेनमाथि सैन्य आक्रमण गर्दै आएको छ । यही परिवेशमा फिनल्याण्ड र स्वीडेनले पनि नेटोको सदस्य बन्ने सम्भावनाबारे छलफल थालेकै बेला रुसले चेतावनी दिएको हो । गत साता यही विषयलाई लिएर नेटो नेताहरु र फिनल्याण्ड तथा स्वीडेनका विदेशमन्त्रीबीच छलफल भएको थियो । आगामी जुनमा फिनल्याण्ड र स्वीडेनको नेटो सदस्यताका विषयमा छलफल हुने सम्भावना रहेको बताइएको छ । रुसी चेतावनीलाई फिनल्याण्ड र स्वीडेनले गम्भीर रुपमा लिएका छन । हाल नेटोमा सामेल देशहरुको संख्या ३० रहेको छ । युक्रेनमा युद्ध थाल्नु अघिसम्म रुसले नेटो सदस्य संख्या बिस्तार गर्न नहुने माग गरेको थियो । रुसले युक्रेनमा आक्रमण गरेपछि असंलग्न नीति लिदै आएका स्वेडेन र फिनल्याण्डमाथि नेटो सदस्यताका लागि दबाव बढेको छ ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

१८ भाद्र, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल…

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

१२ भाद्र, काठमाडौं । घरेलु टोली नेपाललाई बंगलादेशले पराजित गर्दै दक्षिण एसियाली फु…