SamwadKhabar logo

समाज

खोपको म्याद सकिदै, अभियान सुस्त गतिमा

देवराज रिजाल

देवराज रिजाल

खोपको म्याद सकिदै, अभियान सुस्त गतिमा
३० चैत्र, काठमाडौँ । नेपालमा कोरोना विरुद्धको खोप जोनसोन र एस्ट्राजेनिकाको १३ लाख मात्रा अप्रिलको अन्त्यसम्म अर्थात् वैशाख १७ गतेसम्म मात्रा खोपको म्याद रहेको हुदाँ खोप लगाइ सक्नुपर्ने बाध्यता छ र अभिनयान सुस्त गतिमा सञ्चालन हुदाँ खोप खेर जाने सम्भावना बढि रहेको छ। अब अप्रिलको अन्त्यसम्म सो खोप सकाउन दैनिक ७६ हजार ४७१ जनालाई लगाउनै पर्छ । पछिल्लो समय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क केलाउँदा कोभिड विरुद्धको खोप लगाउने दर क्रमशः घट्दै गएको छ । सोमबार देशभर जम्मा १५ हजार ३३५ जनाले मात्र कोरोना विरुद्धको खोप लगाएका छन् । २७ चैत अर्थात् आइतबार २० हजार ८२८ जनाले, २५ चैतमा २६ हजार ४५ जनाले खोप लगाएका थिए । यस्तै, २४ चैतमा ५० हजार ९३ जना, २३ चैतमा ५६ हजार २२७ जना, २२ चैतमा १७ हजार ७५५ जना र २१ चैतमा ६० हजार ७२ जनाले खोप लगाएका थिए । यसरी क्रमशः खोप लगाउनेको सङ्ख्या कम हुँदै गएको खण्डमा कोरोनाविरुद्धको खोप खेर जाने सक्ने सम्भावना प्रबल रहेको स्वास्थ्य सेवा विभागका एक अधिकारीले बताए । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति व्यवस्थापनका अनुसार केन्द्रीय भण्डारण केन्द्रमा तीन लाख मात्रा र मात्रा प्रदेश र स्थानीय तहका खोप केन्द्रमा १० लाख जोन्सोन र एस्ट्राजेनिका खोप रहेको छ । स्वास्थ्य सेवा विभागका अधिकारीका अनुसार स्थानीय तहको चुनाव नसकिएसम्म खोप अभियानले तीव्रता पाउने सम्भावना कम छ । स्थानीय तहको चुनावतर्फ धेरैको ध्यान केन्द्रीत भएकाले खोप कार्यक्रम ओझेलमा परेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा संगीता कौशल मिश्रा भन्छिन्, ‘कोरोना महामारीको तेस्रो लहर मत्थर भएपछि दैनिक खोप लगाउन पुग्नेको सङ्ख्यामा कमी आउन थालेको छ ।’ प्रवक्ता डा मिश्राका अनुसार तेस्रो लहरमा धेरै जना कोरोना सङ्क्रमित भए । तर कतिपय मानिस सङ्क्रमण दर कम भएपछि खोप लगाउन गएनन् । यसरी सङ्क्रमित भएकाहरूमा तत्काल फेरि सङ्क्रमण हुँदैन भन्ने मानसिकताका कारण पनि खोप लगाउनेको सङ्ख्यामा कमी आएको हुन सक्ने उनको भनाइ छ । यस्तै, चैत २५ देखि वैशाख १८ सम्म १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइँदैछ । यो अभियान सञ्चालन भइरहेकोले पनि कोरोना विरुद्धको खोप लगाउनेको सङ्ख्या कमी आएको सरकारी अधिकारीहरू बताउँछन् । यता स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा सुरेन्द्र चौरसियाले अप्रिलसम्ममा म्याद सकिने खोप लगाइ सक्ने जिकिर गर्छन् । ‘एस्ट्राजेनिका खोपको पहिलो मात्रा लगाएकाहरूको दोस्रो मात्रा लगाउने समय आएको हुँदा खोप खेर जाँदैन,’ उनले भने, ‘स्थानीय तहमा पुगेको जोन्सोन र एष्ट्राजेनिका खोप लगाउने क्रम जारी छ ।’ नेपालमा हालसम्ममा जनसङ्ख्याको ६६.१ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । यस्तै, कम्तीमा एक मात्रा खोप लगाउने ७५।७ प्रतिशत छन् । एकातिर सरकारले खोप दिने लक्ष्य पुरा गर्न सकेको छैन भने अर्कोतिर खोप खेर जाने अवस्थामा पुगेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि