SamwadKhabar logo

समाचार

एकसिङे गैँडाको बासस्थान कोसीटप्पुमा विस्तार गरिँदै

संवाद खबर

संवाद खबर

एकसिङे गैँडाको बासस्थान कोसीटप्पुमा विस्तार गरिँदै
वैशाख २, काठमाडौँ । पूर्वी नेपालको कोसीटप्पु क्षेत्रमा विश्वमा दुर्लभ मानिएका एकसिङे गैँडा, कृष्णसार र बाह्रसिँगाको वासस्थान विस्तार गरिने भएको छ । प्रदेश १ मा ती वन्यजन्तुको हाल उपस्थिति नभएकाले वासस्थान विस्तार गर्न सकिने सम्भावना रहेका सबै प्रदेशमा वासस्थान विस्तार गर्ने उद्देश्यसाथ सरकारले यो योजना बनाएको हो । योजना सफल भए आगामी केही वर्षभित्रै प्रदेश १ को कोसीटप्पु क्षेत्रमा दुर्लभ वन्यजन्तु एकसिङे गैँडा, कृष्णसार र बाह्रसिँगाको झुन्ड देख्न सकिनेछ । यो प्रदेशमा वनक्षेत्र भए पनि अरू प्रदेशका तुलनामा दुर्लभ वन्यजन्तुको उपस्थिति निकै न्यून रहेको छ । वन्यजन्तुमा आधारित पर्यापर्यटन विकासका लागि यो प्रदेशमा वासस्थान विस्तार आवश्यक भएको विज्ञहरूले बताउँदै आएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा एक प्राविधिक अध्ययन कार्यदल निर्माण गरी काम अघि बढाइएको छ । सो प्राविधिक कार्यदलले कोसीटप्पु वन्यजन्तु आरक्षको भित्री भागको स्थलगत अध्ययन गरिसकेको छ । प्रारम्भिक प्रतिवेदनलाई आधार मानेर थप गहन अध्ययन गरी ती वन्यजन्तु स्थानान्तरणको निर्णय सरकारले लिने भएको छ । कार्यदलका संयोजक ढकालले भन्नुभयो, “पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटामा गैँडाको वासस्थान छ । संसारमै दुर्लभ एकसिङे गैँडालगायतका वन्यजन्तुको वासस्थान विस्तार गरी ती वन्यजन्तु संरक्षणमा थप टेवाका लागि कोसीटप्पुमा पनि विस्तारको योजना बनेको छ ।” वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले गैँडासहित कृष्णसार, बाह्रसिँगाको सङ्ख्या तराई क्षेत्रभरि विस्तार गर्न सके वन्यजन्तुको महामारी, बाढी तथा डुबानजस्ता प्राकृतिक विपत्तिबाट दुर्लभ वन्यजन्तुलाई बचाउन सहज हुने भएकाले सरकारले यसलाई महìवसाथ अघि बढाएको बताउनुभयो । कोसीटप्पु क्षेत्रको ऐतिहासिक अध्ययनमा बाघ र गैँडाको वासस्थान रहेको देखिएको छ । पछि वन फँडानी हुँदै वासस्थान खल्बलिएपछि पूर्वी नेपालमा गैँडा हराएको हो । गैँडाको आहाललाई चाहिने कोसी नदीको पानीको स्थायी स्रोत भएकाले घाँसेमैदानको थप व्यवस्थापन गर्न सके गैँडाको सानो झुन्ड सजिलैसँग बचाउन सकिने अवस्था रहेको विभागका इकोलोजिस्ट गणेश पन्तले जानकारी दिनुभयो । बर्दियामा मात्र रहेको कृष्णसारलाई शुक्लाफाँटाको हीरापुर फाँटामा विस्तार गर्दा हाल १५० वटा झुन्ड तयार भएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि