SamwadKhabar logo

समाचार

दुई जना वन कर्मचारी तस्करको आक्रमणबाट घाइते

देवराज रिजाल

देवराज रिजाल

दुई जना वन कर्मचारी तस्करको आक्रमणबाट घाइते
२ बैशाख, काठमाडौँ । रौतहटमा एक जना फोरेस्टर सहित दुई जना वन कर्मचारी काठ तस्कर समूहको आक्रमणबाट घाइते भएका छन् । तस्कर समूहको आक्रमणबाट डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका सशस्त्र बन रक्षक रत्न बहादुर बुढाथोकी र फोरेस्टर शम्भु महतो घाइते भएका हुन् । ​वन रक्षक थापाको जिउभरी चोटपटक लागेको र उपचारपछि उनी हान जिल्ला वन कार्यालयमा रहेको भने फोरेस्टर महतोको टाउकोमा गहिरो चोट लागेको छ । उनको चन्द्रपुर अस्पतालमा उपचार भएको डिभिजन प्रमुख अमरदेव यादवले जानकारी दिएका छन् । आक्रमण भएपछि प्रमुख यादवको निर्देशनमा सशस्त्र प्रहरीसहित थप वन सुरक्षा टोली त्यहाँ पुगेर फोरेस्टर महतो र बन रक्षक बुढाथोकीको उद्वार गरेको सेक्टर बन कार्यालय चोंचाका प्रमुख बैधनाथ मण्डलले बताएका छन् । बन रक्षक बुढाथोकी र फोरेस्टर महतो गएराति सिमरी गाउँतर्फ गस्तीमा गएका थिए । गस्तीको क्रममा राति १२ बजे सिमरी गाउँ छेउमा दुईजना तस्कर मोटरसाइकलमा काठ चोरेर गैरहेका थिए । गस्ती टोलीलाई देखेर तस्करहरु काठ सहितको मोटरसाइकल त्यहीँ छोडेर भागे । गस्ती टोलीमा २ जनामात्र रहेको थाहा पाएपछि उनीहरु सिमरी गाउँबाट थप केही मानिस बोलाएर फोरेस्टर सम्भु महतो र बन रक्षक रत्न बुढाथोकीमाथि आक्रमण गरेका थिए । आज बिहान घटनास्थलबाट वन गस्तीटोलीले तस्करले प्रयोग गरेको बा २६ प ४४१२ पल्सर १५० सिसिको मोटरसाइकल र चोरेर लगिरहेको काठ बरामद गरेको सेक्टर प्रमुख मण्डलले जानकारी दिएका छन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि