SamwadKhabar logo

               

विश्व

चीनका अन्तरिक्षयात्री ६ महिनापछि पृथ्वीमा

देवराज रिजाल

देवराज रिजाल

चीनका अन्तरिक्षयात्री ६ महिनापछि पृथ्वीमा
४ बैशाख, काठमाडौँ । बेइजिङ — चिनियाँ समाचार संस्था सिन्ह्वाले सीसीटीभीले रेकर्ड गरेका दृश्यहरू सार्वजनिक गर्दै ती चीनका तीन अन्तरिक्षयात्री ६ महिनापछि पृथ्वीमा शनिबार अवतरण गरेको जनाएको हो । चीनको हालसम्मको लामो अन्तरिक्ष मिसनका क्रममा ३ जना यात्रु १८३ दिनसम्म अन्तरिक्षमा रहेका थिए । उनीहरूको अवतरणसँगै चीनको अन्तरिक्ष महत्त्वाकांक्षामा ऐतिहासिक सफलता मिलेको छ । सन् २००३ मा याङ लिवेई पहिलो ताइकोनट (चिनियाँ अन्तरिक्षयात्री) बन्न सफल भएका थिए । याङले शेन्झाउ–५ मा २१ घण्टे उडान गर्दै १४ पटक पृथ्वीको परिक्रमा गरेका थिए । त्यसयता चीनले विभिन्न मिसनहरू सञ्चालन गरिरहेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले अन्तरिक्ष अभियान ‘विशेष सपना’ भएको बताउँदै आएका छन् । अन्तरिक्ष क्षेत्रको अन्वेषण र यात्राका क्षेत्रमा दशकौं लामो अनुभव हासिल गरेका अमेरिका र रुसलाई भेट्न पछिल्लो समय चीन निकै प्रयत्नशील छ । सन् १९५७ मा सोभियत संघले स्पुतनिक प्रक्षेपण गरेको केही समय नबित्दै चिनियाँ कम्युनिस्ट पार्टीका तत्कालीन अध्यक्ष तथा राष्ट्रपति माओत्से तुङले ‘चिनियाँहरूले पनि भू–उपग्रह बनाउने’ घोषणा गरेका थिए । तर चीनले सन् १९७० मा मात्र लङ मार्च रकेटमा आफ्नो पहिलो उपग्रह प्रक्षेपण गरेको थियो । अन्तरिक्ष स्टेसनबाहेक चीनले चन्द्रमामा आधार निर्माण गर्ने योजना पनि बनाएको छ । तर सन् २०१७ मा शक्तिशाली हेभी–लिफ्ट रकेट ‘लङ मार्च–५ वाई–२’ सञ्चार उपग्रहहरू अक्षमा पठाउने मिसनमा असफल हुँदा चन्द्रमाको काम निकै कम भएको थियो । त्यसले गर्दा चाङ ए–५ प्रक्षेपणलाई चीनले केही समय स्थगित गरेको थियो । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले मानिसलाई चन्द्रमामा पठाउने आशाका साथ आफ्नो सैन्य–चालित अन्तरिक्ष कार्यक्रममा अर्बौं बजेट छुट्याएको छ ।  

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

१८ भाद्र, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल…

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

१२ भाद्र, काठमाडौं । घरेलु टोली नेपाललाई बंगलादेशले पराजित गर्दै दक्षिण एसियाली फु…