SamwadKhabar logo

समाचार

६६ करोड भन्दा धेरैको क्रिप्टोकरेन्सी कारोबारमा सङ्लग्न तीन पक्राउ

देवराज रिजाल

७ बैशाख, काठमाडौँ । प्रहरीले प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबारमा सङ्लग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रतिबन्धित कारोबारमा सङ्लग्न रहेको आरोपमा झापाको विर्तामोड नगरपालिका–९ का २२ वर्षीय अनुप मिश्र, काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ का २४ वर्षीय दिपेश थापा र काठमाडौँ महानगरपालिकाका २६ वर्षीय राहुल चचानलाई पक्राउ गरेको हो । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय कारोबार गर्न जारी गरेको नियम विनिमय, निर्देशन, आदेश विपरीत प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबारमा लागेकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । काठमाडौँको महाबौद्ध, न्यूरोड, कलङ्कीलगायत क्षेत्रमा उनीहरु क्रिप्टोकरेन्सीको वित्तीय कारोबारमा सक्रिय रहेकाले विद्युतीय उपकरणसहित प्रहरीले पक्राउ गरेको हो । उनीहरुले हालसम्म जम्मा रु ६६ करोड ७९ लाख ७९ हजार बराबरको क्रिप्टोकरेन्सीको कारोबार गरेको खुल्न आएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुसँग बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम आवश्यक कारबाही एवं थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर पठाइएको प्रहरीले जनाएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि