SamwadKhabar logo

समाचार

ग्रामिण क्षेत्रमा समेत गएर सेवा गर्नका लागि दन्त चिकित्सकहरुलाई प्रोत्साहन गर्नुपर्ने

संवाद खबर

संवाद खबर

ग्रामिण क्षेत्रमा समेत गएर सेवा गर्नका लागि दन्त चिकित्सकहरुलाई प्रोत्साहन गर्नुपर्ने
वैशाख १०, चितवन । चितवन चितवनको सौराहामा सम्पन्न अर्थोडेन्टिक चिकित्सकहरुको राष्ट्रिय सम्मेलनले शहरी क्षेत्रमा मात्रै केन्द्रित नभएर ग्रामिण क्षेत्रमा समेत गएर सेवा गर्नका लागि दन्त चिकित्सकहरुलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् । पछिल्लो समय अर्थोडेन्टिक चिकित्सकहरु शहर केन्द्रित हुने गरेको गुनासो आउन थालेपछि उनीहरुको राष्ट्रिय सम्मेलनले चिकित्सकहरुलाई ग्रामिण क्षेत्रमा जान प्रेरित गर्नुपर्ने बताएका हुन् । अर्थोडेन्टिक एण्ड डेन्टोफेन्सियल अर्थोपोडिक एसोसिएसन अफ नेपालका अध्यक्ष अध्यक्ष डा दशरथ काफ्लेले ग्रामिण क्षेत्रमा दाँत मुखको स्वास्थ्य सम्बन्धी बढी समस्या देखिएको कारण चिकित्सकहरुले ग्रामिण क्षेत्रमा जानुपर्ने बताउनुभएको हो । “पछिल्लो समय ग्रामिण क्षेत्रमा मुख स्वास्थ्य सम्बन्धी बिरामीहरु बढ्दै गइरहेको छन्” डा काफ्लेले भन्नुभयो, “हामी चिकित्सकहरु ग्रामिण क्षेत्रमा गएर स्वास्थ्योपचारसँगै उनीहरुमा जनचेतना जगाउने काम गर्नुपर्छ ।” दन्त चिकित्सक क्षेत्र विस्तार र दक्षसँगलाई नेपालमा नै स्थायित्व दिन सबै क्षेत्र पहल गर्नुपर्ने डा.डा.जितेन्द्र शाहले बताउनुभयो । नेपालमै गुणस्तरीय सेवा प्रवाह गर्न नेपाली अर्थोडेन्टिकहरु सफल भएकाले उल्लेख गर्दै राष्ट्रिय सम्मेलनको संयोजक वसन्तकुमार श्रेष्ठले नेपाल सरकारले मुख स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु ल्याउनुपर्ने बताउनुभयो । उहाँले जथाभावी दाँतको उपचार नगर्न सुझाव दिँदै सम्बन्धित विषय विशेषज्ञ चिकित्सकहरुसँग उपचार गराउन जोड दिनुभयो । वैशाख ९ र १० गते भएको उक्त राष्ट्रिय सम्मेलनमा नेपालका सहित भारत, बङ्गलादेश सहितका विशेषज्ञ चिकित्सकहरुको सहभागिता रहेको थियो । सम्मेलनका क्रममा चिकित्सापद्धतीमा गुणस्तर वृद्धि, अनुसन्धानमूलक कार्यक्रम, नयाँ प्रविधिबारे छलफल भएको सहसंयोजक डा पूजा कोइरालाले बताउनुभयो । दाँतको समस्यासँगै अर्थोडेन्टिक उपचारका क्षेत्रमा आएका नवीन उपचारका प्रविधि तथा खोज अनुसन्धानबारे जानकारी दिइ दक्ष चिकित्सक बनाउन सम्मेलन र कार्यशाला महत्वपूर्ण भएको कोइरालाले बताउनुभयो । सम्मेलनमा डा.जितेन्द्र शाह, डा.विरेन्द्र शाह, डा.पिङकी शाहको विशेष प्रस्तुती समेत रहेको थियो । दन्त चिकित्सा चिकित्सक शास्त्रको एक प्रमुख अङ्ग हो । दन्त चिकित्सामा जम्मा आठ वटा हाँगाहरू हुन्छन् त्यस मध्ये बाङ्गाटिङ्गा छिद्रा भएको, दाँत बाहिर भएको गिँजा देखिने समस्याहरूलाई समाधान गर्न दाँतमा बाँधेर मिलाउने चिकित्सा प्रणालीलाई अर्थिडोलिक्स विषय भनिन्छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि