SamwadKhabar logo

               

विश्व

इलन मस्क बने ट्विटरका नयाँ मालिक

देवराज रिजाल

देवराज रिजाल

इलन मस्क बने ट्विटरका नयाँ मालिक
१३ बैशाख, काठमाडौँ । इलन मस्कले संसारभरि सामान्य देखि विशिष्ट व्यक्तिहरुले बारम्बार चलाउने प्रभावशाली सामाजिक सञ्जाल, ट्विटर किन्नका लागि सम्झौता गरेका छन् । उनी विश्वका सबैभन्दा धनी व्यक्ति हुन । उनले ५४.२० डलर प्रतिसेयर मूल्यमा कुल ४४ बिलियन डलर (अहिलको विनिमय दरअनुसार ५३ खर्ब ६८ अर्ब) तिरेर ट्विटर किन्ने भएका हुन् । मस्कका अनुसार सामाजिक सञ्जालहरूले आपत्तीजनक नै भए पनि कानुनी रूपमा गलत नहुने कमेन्टहरू हटाउनु हुँदैन । ट्विटरले हाल उत्पीडन, दुर्व्यवहार र कसैलाई शारीरिक हानि गर्ने आशयका पोस्ट हटाउने गरेको छ । कोभिड–१९ सम्बन्धी गलत जानकारीमा पनि ट्विटरले प्रतिबन्ध लगाउने गरेको छ । मस्कले ट्विटरका यस्तै प्रावधान खुकुलो पार्लान् भनेर सामाजिक सञ्जाल विज्ञहरू चिन्ता व्यक्त गरिरहेका छन् । उत्पीडक, ट्रोल र दुर्व्यवहार गर्नेहरूलाई यसले सघाउने तिनको भनाइ छ । हरेक दिन २० करोडभन्दा बढी मानिसहरूले प्रयोग गर्ने माइक्रोब्लगिङ साइट, ट्विटर मस्कको हातमा परेपछि उनले अब यसलाई कस्तो आकार दिनेछन् भन्नेमा सबैको चासो छ । आफूलाई वाक्स्वतन्त्रताको कडा पक्षधर बताउने मस्कले ट्विटरको सम्पूर्ण सामर्थ्य उजागर हुन बाँकी रहेको बताउँदै आएका थिए । उनले अभिव्यक्ति स्वतन्त्रताको नाममा ट्विटरका विधान खुकुलो पार्ने अनुमान गरिएको छ ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

१८ भाद्र, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल…

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

१२ भाद्र, काठमाडौं । घरेलु टोली नेपाललाई बंगलादेशले पराजित गर्दै दक्षिण एसियाली फु…