SamwadKhabar logo

               

स्वास्थ्य

किन बग्छ नाकबाट रगत

देवराज रिजाल

देवराज रिजाल

किन बग्छ नाकबाट रगत
१३ बैशाख, काठमाडौँ । गर्मीयाममा धेरै मानिसको नाकबाट रगत बग्ने समस्या देखिन्छ । धेरै गर्मी भएमा नाकबाट रगत बग्छ । यसरी बग्ने रगत आफैं बग्न रोकिन्छ । नाकबाट रगत बग्नु चिकित्सा क्षेत्रअन्र्तगत ‘एपिस्ट्यासीस’ अथवा ‘नाथ्री फुट्नु’ भनिन्छ । हाम्रो समाजमा यसलाई सामान्य रुपमा लिइन्छ । नाकबाट हुने रक्तस्राव गम्भीर प्रकारको पनि हुने भएकाले यसलाई वेवास्ता गर्न हँुदैन । चोटपटक बाहेक उच्च रक्तचापको समस्या, रगत सम्बन्धी बिकार, नाक वा साइनसको ट्यूमर भएमा पनि नाकबाट रगत बग्ने गर्छ । त्यस्तै, रगत पातलो बनाउने औषधीको सेवन तथा हावा सुख्खा भएमा पनि नाकबाट रगत बग्ने गर्छ । करिव ७० प्रतिशतमा नाकमा कुनै बाधा नपुगेको अवस्थामा पनि एक्कासी नाकबाट रगत बग्छ । त्यसैले यसले शरीरको अन्य स्वास्थ्य अवस्थातर्फ समेत संकेत गरिरहेको हुन्छ । जसकारण हामीले यसलाई बेवास्ता गर्नुहुदैन । नाकबाट रगत बग्नुको कारण सामान्यता, नाकमा कयौ प्रकारका ससाना रगत बग्ने नशा हुन्छ । यस्ता नशा संवेदनशील हुनुका साथै पातलो झिलीले ढाकिएको हुन्छ । सनाना घाउ वा चोटले पनि यस्ता झिल्ली फाटेर रगत बग्न सक्छ । त्यसबाहेक, यी समस्या भएमा पनि नाकबाट रगत बग्ने गर्छ । सामान्यतया नाकबाट हुने रक्तश्राव २ कारणले हुने गर्छ । १. स्थानीय कारण: चोटपटक सवारी दुर्घटना, नाक ठोक्किदा, बाह्य वस्तुले ठेस लाग्दा वा नाक कोट्याउनेजस्ता बानीले नाकको नशामा असर पुगेमा नाकबाट रगत बग्छ । बाह्य वस्तु प्रवेश गर्दा पानी खाँदा नाकभित्र जुकाँ पसेमा, झिंगाले फुल पारेमा, अन्य कुनै किराहरु नाकभित्र प्रवेश गरेमा वा केटाकेटिले नाकभित्र केहि बाह्य वस्तुहरु पसाएमा । संक्रमण ब्याक्टेरियल, भाइरस, रुघाखोकी, पिनास, एलर्जी, ट्युमर, धेरै हाछ्यँु आएमा र मतिष्कको अगाडिको भागमा ट्युमर भएमा । २. सामान्य कारण: शरीरमा रगत जम्ने तत्व (भिटामिन ए, सी, के र रक्तकोष)को अभाव हुनु रगत बन्ने प्रकृयामा अवरुद्धता रक्तअल्पता ल्युकेमिया (ब्लड क्यान्सर) मुटुरोग मिर्गौला सम्बन्धि रोग कलेजोको खराबी वातावरणीय सुख्खापन । कस्तो रक्तस्रावलाई गम्भीर मान्ने: नाकबाट हुने रक्तस्राव सामान्य र गम्भीर दुवै प्रकारका हुन्छन् । जसअन्र्तगत सामान्य किसिमको रक्तस्रावमा व्यक्तिको रगत नाकको भित्री अघिल्लो भागबाट चुहिने, यस्तो अवस्थामा नाकको अगाडि भागलाई राम्ररी बन्द गरियो भने खतरा कम हुन्छ । नाकबाट रगत बग्दा बिरामीको नाक र घाँटी दुवैतर्फबाट जान्छ । यस्तो अवस्थामा नाक बन्द गरिएमा सो रगत घाँटी हुँदै मुख वा पेटमा जान सक्ने सम्भावना उच्च रहन्छ । यो गम्भीर एवं जोखिमपूर्ण अवस्था हो । साथै एकपटक रक्तश्राव हुँदा आधा लिटरभन्दा बढी र हप्तामा ४ पटकभन्दा बढी हुने रक्तश्रावको अवस्थालाई पनि जोखिम अवस्था मानिन्छ । कसरी रोक्ने: यसको लागि सबैभन्दा पहिले एउटा सुरक्षित ठाँउमा बस्नुपर्छ । अब विस्तारै औलाको सहायताले करिब दश मिनेटका लागि नाकको नरम भागलाई थिच्नुपर्छ । रगत पेटमा नजाओस् भन्नका लागि मुखबाट सास लिनु पर्छ । रगत रोकिएको छ कि छैन भनेर जान्नकै लागि कम्तीमा दश मिनेट प्रतिक्षा गर्नुपर्छ । नाकमा वरफ लगाएर वा नाकलाई चिसो बनाएर पनि रगतलाई बग्नबाट रोक्न सकिन्छ । तर नाकबाट रगतबग्दा सुत्नु कदापी हुँदैन । नाकबाट रगत बगेको घण्टौ पछि पनि नाक तान्न वा कुनै कुरा सुघ्नबाट बच्नुपर्छ । नाकबाट रगत बग्न कम नभएमा नाकको स्प्रेको प्रयोग गरेर पनि नाक भित्रको ससाना नशालाई टाल्न तथा रक्तश्रावलाई नियन्त्रित गर्न सकिन्छ । यसबाहेक, घरलाई चिसो राखेर तथा घरमा हावा छिर्न दिएर पनि लगातार नाकबाट रगत बग्ने समस्यालाई कम गर्न सकिन्छ । त्यस्तै, चिसो मौसममा नाकलाई सुख्खा हुन नदिन एयर जेलको प्रयोग गरेर पनि यो समस्यालाई कम गर्न सकिन्छ ।अत्याधिक रक्तश्राव भएर शरीरमा रगतको कमी हुन गई मस्तिष्कमा समेत रक्तसञ्चार कम हुने डर हुन्छ । जसकारण बिरामी बेहोस वा अर्धचेत हुने, रिंगटा लाग्ने, आँखा धमिलो देख्ने तथा मुटुले काम नगर्नेजस्ता स्थिति समेत सिर्जना हुनसक्छ । अत्याधिक तातो खाना खान दिनु हुँदैन । नाकबाट लगातार रगत बगेमा गरम मसाला, चिया कफि, लगायतका तातो तथा गर्मी गर्ने खानेकुरा खानु हुँदैन । त्यस्तै, मदिराको सेवन गर्नु हुँदैन । शरीरले सहन सक्ने भन्दा बढी चिसो खानेकुरा पनि खानु हुँदैन । यति गर्दा पनि रगत बग्न नरोकिएमा तुरुन्तै चिकित्सकको परामर्श लिनुपर्छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे  छलफल

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

स्वास्थ्यमन्त्री थापाद्वारा प्रादेशिक अस्पतालको अनुगमन

स्वास्थ्यमन्त्री थापाद्वारा प्रादेशिक अस्पतालको अनुगमन

२५ भाद्र, काठमाडौं । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेश सरकार मातहतका …

सार्वजनिक बिदामा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन

सार्वजनिक बिदामा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन

१६ भाद्र, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्…