SamwadKhabar logo

समाज

‘हिट् स्ट्रोक’ अर्थात ‘लु’ लाग्नु भनेको के हो ?

देवराज रिजाल

देवराज रिजाल

‘हिट् स्ट्रोक’ अर्थात ‘लु’ लाग्नु भनेको के हो ?
१५ बैशाख, काठमाडौँ । गर्मी मौसममा तातो हावा ‘लु’ ले स्वास्थ्यमा जोखिम पुर्याउन सक्ने भएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मी बढेपछि सचेत रहन आग्रह गरेको छ । यो मौसममा चल्ने तातो हावाले धेरैलाई सताउँछ । प्रायः तराईका विभिन्न ठाउँमा चर्को घाम र तातो हावा हुँदा धेरै जना बिरामी हुनुका साथै ज्यान समेत जान सक्ने संभावना रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन् । हिमाली तथा पहाडी भेगमा अक्सिजनको मात्रा कम हुँदा लेक लाग्छ भने, तराई क्षेत्रमा धेरै गर्मीमा नुन र पानीको कमी भएमा लु लाग्छ । लु’ का बिरामी तत्काल उपचार गराएमा सामान्य अवस्था फर्किन सकिन्छ । त्यसैले, जतिसक्दो चाँडो प्राथमिक उपचार गरेर अस्पताल पु¥याउनु पर्छ । ‘लु’ के हो ? लु लाई अंग्रेजीमा हिट् स्ट्रोक भनिन्छ । शरीरको तापक्रम १०६ डिग्री फरेनहाइट भन्दा बढी भई दिमागले काम गर्न नसक्ने अवस्था ‘लु’९ हिट् स्ट्रोक० हो । । हिट् स्ट्रोक९ लु० भएमा शरीरमा तापक्रमको सन्तुलन बिग्रन्छ । हिट् स्ट्रोकको कारणले मानिसमा पोटासियम र सोडियमको कमी भई शरीर कमजोर हुने, ढल्ने, छट्पटाउने,मासुहरु बाँउडिने आदि हुने हुन्छ । यस्ता व्यक्तिहरु एकदम हड्बडाउनुको साथै अचानक लड्ने, शरीर तातो भए पनि हात गोडा चिसो हुने, रोगीलाई टाउको दुख्ने, उसको ओंठ, आँखा तथा मुख सुख्खा हुनुको साथै चिडचिडापन र थकान महसुस हुने , ज्वरो आउने , पसिना आउन बन्द हुने , ७–८ घन्टासम्म पिसाब पास नहुने , टाउको एवं पेट दुख्ने , आँखामा जलन हुने , लगातार उल्टी हुने वा पखाला लाग्ने, मुटुको धड्कन तेज हुने तथा बेहोसीका लक्षणहरु देखिन्छन् । लु’ बाट जोगिने उपाय तापक्रम बढी भएका स्थानमा तातो बतास चल्दा धेरै हिँड्ने, खेल्ने गर्दा शरीरको तापक्रमको असन्तुलन हुँदा स्वास्थ्यमा समस्या आउन सक्छ । स्वास्थ्य मन्त्रालयका अनुसार गर्मीमा तातो हावा वा ‘लु’ बाट जोगिने उपाय यस्तो छः –दिउँसो घरबाट बाहिर ननिस्कने । –चिसो पानीले नुहाउने । –चिया, कफी सोडा जस्ता पेय पदार्थ नपिउने । –फलफूलको रस र पानी पिउने । सधैँ पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने । –खेतबारीमा कामकाज गर्दा सकभर बिहान वा बेलुका गर्ने ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि