SamwadKhabar logo

               

खेलकूद

आज नेपाल र क्यामरुनी क्लब एभेनिरसँग प्रतिस्पर्धा हुँदै

देवराज रिजाल

देवराज रिजाल

आज नेपाल र क्यामरुनी क्लब एभेनिरसँग प्रतिस्पर्धा हुँदै
बैशाख १६, काठमाडौं । एसियन कप छनोटको तेस्रो चरण खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले मैत्रीपूर्ण खेलमा आज ९शुक्रबार० क्यामरुनको एभेनिर एफसी डाउलासँग प्रतिस्पर्धा गर्दैछ । यो खेल साँझ ५ बजेपछि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।   क्यामरुनको एभेनिर एफसी डाउला नेपालमा मोफसलको विभिन्न गोल्डकप खेल्न आएको टोली हो । यो मैत्रीपूर्ण खेलको लागि अखिल नेपाल फुटबल संघ एन्फाले मिडिया र दर्शकलाई प्रवेश नदिने बताइएको छ । एभेनिरविरुद्ध दीप कार्कीले नेपालको पोस्ट सम्हाल्ने सम्भावना छ । डिफेन्समा शिव गुरुङ, राजन गुरुङ, विकास तामाङ, विकास खवास, सुमन अर्याल र गौतम श्रेष्ठ रहेका छन् । मिडफिल्डमा पुजन उपरकोटी, एरिक विष्ट, सुनिल बल, आयुष घलान, सन्तोष तामाङ, सुशील राई, रुप बहादुर लामा, सेसेहाङ आङ्देम्बे, सुरज ज्यू ठकुरी र आकाश बुढा मगर रहेका छन् । फरवार्डमा मनिष डाँगी, जर्जप्रिन्स कार्की, नवयुग श्रेष्ठ र सन्जोक राई रहेका छन् । एसियन कपका लागि नेपालले २ बैशाखबाट प्रशिक्षण थालेको थियो । एसियन कप २०२३ छनोटमा समूह ‘ए’ मा नेपालले जेठ २५ मा जोर्डन, २८ मा कुवेत र जेठ ३१ मा इन्डोनेसियाविरुद्ध कुवेत सिटीमा प्रतिस्पर्धा गर्नेछ ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…