SamwadKhabar logo

समाचार

निर्वाचन अघि नै सीमा नाकामा कडाई गरिने

संवाद खबर

संवाद खबर

निर्वाचन अघि नै सीमा नाकामा कडाई गरिने
वैशाख १९, बर्दिया । निर्वाचन अघि नै सीमा क्षेत्रमा कडाई गरिने भएको छ । स्थानीय तहको निर्वाचन अघि बर्दिया र बाँकेको नेपाल–भारत सीमा नाका ७२ घण्टा बन्द गरिने द्विपक्षीय निर्णय भएको छ।नेपाल–भारत खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचन अघि ७२ घण्टासम्म सीमा नाका बन्द गर्ने निर्णय भएको हो । सीमा क्षेत्रको दशगजा क्षेत्रमा कडाई गरिने भएको छ । साथै दुई देशका सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती समेत गर्ने निर्णय भएको छ। साथै ४८ घण्टाअघि दुई देशका सीमा क्षेत्रमा मदिराको बेचविखन र सेवनमासमेत रोक लगाउने निर्णय भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिनुभयो। सो बैठकमा बर्दियाका प्रमुख जिल्ला अधिकारी बास्तोला, बाँकेका प्रमुख जिल्ला अधिकारि सुर्यबहादुर खत्री, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र भारततर्फ बहराइच र श्रावस्तीका सीमा सुरक्षा बलसहित दुई देशका सुरक्षा अधिकारी उपस्थित थिए । बर्दिया जिल्लासँग भारतको सीमा जोडिएको क्षेत्र ८२ किलोमिटर छ भने बाँकेको ६५ किलोमिटर रहेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि