SamwadKhabar logo

               

राजनीति

बुद्ध पूर्णिमाका दिन मोदीको नेपाल भ्रमण

देवराज रिजाल

देवराज रिजाल

बुद्ध पूर्णिमाका दिन मोदीको नेपाल भ्रमण
२० बैशाख, काठमाडौँ भारतीय पत्रिका द हिन्दुका अनुसार यही जेठ २ गते (बुद्ध पूर्णिमाका) दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने तयारी छ। मोदी सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि पहिलो नेपाल भ्रमणमा आउन लागेका हुन् । नेपालका प्रधानमन्त्री शेरवहादुर देउवा र भारतीय समकक्षी मोदीले संयुक्त रूपमा मायादेवी मन्दिर परिसरमा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेको छ । बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनीमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन मोदी नेपाल आउन लागेका हुन्। द हिन्दुका अनुसार एक महिनाअघि मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको औपचारिक भ्रमण गरेकाले मोदीको नेपाल भ्रमणका क्रममा द्विपक्षीय कुरा नहुने उल्लेख छ । मोदीको लुम्बिनी भ्रमणबारे नेपालको परराष्ट्र मन्त्रालयले कुनै ‍आधिकाररिक धारणा सार्वजनिक गरेको छैन् । यता नेपालले सोहि दिन अर्थात जेठ २ गते भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायीक अन्तर्राष्ट्रिय उडानको तयारी गरेको छ । भारतीय प्रधानमन्त्री मोदी अहिले युरोपको भ्रमणको क्रममा जर्मनीमा छन्।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

रुकुम पूर्वमा माओवादी केन्द्रका उम्मेदवार जगत् घर्ती निर्विरोध निर्वाचित

रुकुम पूर्वमा माओवादी केन्द्रका उम्मेदवार जगत् घर्ती निर्विरोध निर्वाचित

५ मंसिर, काठमाडौं । रुकुम पूर्वमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत् घर्ती निर्विर…

पूर्वसभामुख ढुङ्गानाको निधनको शोकमा आज सार्वजनिक बिदा,राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

पूर्वसभामुख ढुङ्गानाको निधनको शोकमा आज सार्वजनिक बिदा,राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

३ मंसिर, काठमाडौं । प्रतिनिधिसभाका पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा आज स…

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

२३ कार्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोला…

काठमाडौंमा एमालेद्वारा उम्मेदवार सार्वजनिक

काठमाडौंमा एमालेद्वारा उम्मेदवार सार्वजनिक

२२ कार्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले मंसिर १६ गते हुने स्थानीय त…