SamwadKhabar logo

               

विविध

स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठ्योः काउन्सिल

देवराज रिजाल

देवराज रिजाल

स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठ्योः काउन्सिल
२६ बैशाख काठमाडौँ । प्रेस काउन्सिल नेपालले निर्वाचनका समयमा पत्रकार तथा पत्रकारसम्बद्ध सङ्घ संस्थाका गतिविधिले स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठेको भन्दै आज विशेष अपिल जारी गर्दै कतिपय पत्रकार, पत्रकारसम्बद्ध पेसागत सङ्घरसङ्गठनका जिम्मेवार पदाधिकारी समेतबाट स्वतन्त्र मतदातालाई प्रभावित पार्नेगरी अभिव्यक्ति दिनेक्रम नरोकिँदा स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठेको जनाएको हो । काउन्सिलले पत्रकार र सम्बद्ध संस्थालाई सचेत गराउँदै यस्तो कार्य नगर्न र नगराउन भनेको छ । “पत्रकार एवम् पत्रकारितासँग सम्बन्धित संस्थाले यसप्रकारका स्टाटस् राख्ने, विज्ञप्तिरअपिल जारी गर्ने या अभिव्यक्ति दिने, यो वा त्यो दलको पक्ष विपक्षमा पत्रकार पत्रकारबिच नै विभिन्न माध्यमबाट वाद–प्रतिवाद गर्ने कार्यले पत्रकार आचारसंहिताको ठाडो उल्लङ्घन भएको छ ।” जारी विज्ञप्तिमा भनिएको छ, “यस्ता कार्यले स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठाएका हुँदा यस्तो कार्य नगर्न÷नगराउन, प्रेस स्वतन्त्रताको रक्षा गर्न प्रेस काउन्सिल नेपाल सञ्चार माध्यम, आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्ता (पत्रकार) हरूलाई सचेत गराउँदछ ।” सञ्चार माध्यममाथि नियमित अनुगमन गर्दै आएको प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता जारी भएको मितिदेखि पत्रपत्रिका, रेडियो, टेलिभिजनका साथै अनलाइन माध्यमबाट सम्प्रेषित समाचार र समाचार–सामग्रीमाथि पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिताका आधारमा सुक्ष्म अनुगमन गरिरहेको छ । यस्तै पत्रकार आचारसंहिता–२०७३ ९पहिलो संशोधन, २०७६० को दफा १४ मा विद्यमान प्रावधान र निर्वाचन आचारसंहिता, २०७८ का विभिन्न दफामा रहेका व्यवस्थाका आधारमा पत्रकार एवं सञ्चार माध्यमका सामाजिक सञ्जालमा प्रवाह भएका सामग्रीको समेत अध्ययन गरिरहेको छ । आचारसंहिता प्रतिकूलका समाचार र समाचार–सामग्री सम्प्रेषण गर्ने सञ्चार माध्यम र सामाजिक सञ्जालबाट आचारसंहिताविपरीत सामग्रीहरू ‘अपलोड’ गर्ने पत्रकारलाई पत्रमार्फत ध्यानाकर्षण, सचेत, निर्देशन गर्दै आएको भन्दै काउन्सिलले पटक पटक प्रेस विज्ञप्ति, अपिलमार्फत आचारसंहिता पालनामा गम्भीर बन्न अनुरोध गरेको जनाएको छ । काउन्सिलले निरन्तर पत्राचार, अनुरोध, अपिल गर्दा पनि कतिपय पत्रकार, पत्रकारसम्बद्ध पेसागत सङ्घरसङ्गठनका जिम्मेवार पदाधिकारी समेतबाट स्वतन्त्र मतदातालाई प्रभावित पार्नेगरी अभिव्यक्ति दिनेक्रम नरोकिएका कारण पत्रकारजगतबाट नै कुनै दल, गठबन्धन वा उम्मेदवारलाई मतआह्वान गर्दै विज्ञप्ति प्रकाशन गर्ने जस्ताकार्यबाट आम मतदातामा भ्रम पर्न गएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । “कुनै सञ्चार माध्यमबाट सम्प्रेषित समाचारमा चित नबुझेमा काउन्सिलमा सम्पर्क, उजुरी गर्नसक्ने व्यवस्था हुँदाहुँदै प्रकाशित समाचारलाई लिएर सम्पादकीय स्वतन्त्रताको ख्याल नगरी सञ्चार माध्यमप्रति नकारात्मक टिकाटिप्पणी गर्ने कार्यप्रतिसमेत काउन्सिलको ध्यानाकर्षण भएको छ ।” काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …