SamwadKhabar logo

समाचार

छाङरु र तिङ्करमा हेलिकाेप्टरमार्फत निर्वाचन सामग्री र कर्मचारी पठाइयो

संवाद खबर

संवाद खबर

छाङरु र तिङ्करमा हेलिकाेप्टरमार्फत निर्वाचन सामग्री र कर्मचारी पठाइयो
वैशाख २६, दार्चुला । अतिक्रमित भूमि कालापानी नजिकको दार्चुलाको उत्तरी क्षेत्र व्यासमा हेलिकोप्टरमार्फत् निर्वाचन सामग्री ढुवानी गरिएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि व्यास गाउँपालिका–१ मा रहेका छाङरु र तिङ्करको मतदान केन्द्रमा नेपाली सेनाको हेलिकोप्टरले निर्वाचन सामग्री ढुवानी गरेको हो । नेपाली भूमिबाट सो क्षेत्र जान बाटो नभएका कारण हेलिकोप्टरमार्फत निर्वाचन सामग्रीका साथै कर्मचारी र सुरक्षाकर्मीहरु लगिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो । सोमबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत् छाङरु र तिङ्करको मतदान केन्द्रका लागि मतपत्र, मतदाता परिचयपत्रलगायत सबै खाले निर्वाचन सामग्रीका साथै कर्मचारी र सुरक्षाकर्मीलाई पठाइएको उहाँले बताउनुभयो । छाङरुको कैलाशपति मावि केन्द्रमा ३७५ र तिङ्करको मावि मोती महिला सङ्घ केन्द्रमा २३१ मतदाता छन् । व्यासवासी वैशाख तेस्रो साता सदरमुकामबाट व्यास उक्लिएका छन् । तीन घेरामा सुरक्षाकर्मी परिचालन दार्चुलामा आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरेर निर्वाचन सुरक्षा रणनीति तयार पारिएको छ । जिल्लास्थित सुरक्षा निकायको समन्वयमा दार्चुलाका ११० मतदानस्थल र १३९ मतदान केन्द्रलाई लक्षित गरी मतदानअघि, मतदान र मतगणनासम्मको अवस्थालाई ध्यानमा राखेर सुरक्षा रणनीति तयार गरी कार्यान्वयनमा ल्याइएको छ । निर्वाचनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, म्यादी प्रहरीसमेत परिचालन गर्ने गरी प्रभावकारी सुरक्षा योजना अनुसार परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो । नेपाली सेना र सशस्त्र प्रहरी पालिकाहरुमा पुगिसकेका छन् भने नेपाल प्रहरी र म्यादी प्रहरी मतदान अधिकृतसँग मतदान केन्द्रहरुमा पुग्ने तयारी रहेको प्रजिअ उपाध्यायले बताउनुभयो । मतदान अधिकृतहरु निर्वाचन सामाग्री बुझेर कार्यक्षेत्रमा खटिन थालेका छन् । निर्वाचन अवधिभर जिल्लाभरि झण्डै दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुनेछन् । यही वैशाख २५ देखि २८ गतेभित्रमा सम्पूर्ण मतदानस्थलमा सुरक्षाकर्मी खटिइसक्ने छन् । भौगोलिक अवस्था, सञ्चार र यातायात सुविधा, विगतका चुनावमा भएका घटनाका आधारमा मतदानस्थललाई वर्गीकरण गरिएको छ । ११० मतदान स्थल र १३९ मतदान केन्द्रमध्ये निर्वाचनमा सुरक्षा दृष्टिले ११ वटा मतदानस्थललाई अति संवेदनशील, ११ वटा मतदानस्थललाई संवेदनशील र ८८ वटा मतदानस्थललाई सामान्यमा वर्गीकरण गरिएको छ । निर्वाचनलाई स्वच्छ, शान्तिपूर्ण र भयरहित रुपमा सम्पन्न गराउन सुरक्षाकर्मीलाई निर्देशित गरिएको छ । दार्चुला जिल्लाभरको मतदाता संख्या ४५ हजार १११ पुरुष र ४३ हजार १७४ महिला गरी ८८ हजार २८५ मतदाता रहेको निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ । निर्वाचनमा जिल्लाभरी एक हजार ८१ कर्मचारी खटिएका छन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि