SamwadKhabar logo

समाचार

४ म्यादीको मृत्यु, ४८ बर्खास्त

देवराज रिजाल

देवराज रिजाल

४ म्यादीको मृत्यु, ४८ बर्खास्त
२७ बैशाख, काठमाडौँ । स्थानीय तह निर्वाचन सुरक्षाका लागि नियुक्तमध्ये ४ जना म्यादी प्रहरीको मृत्यु भएको छ । आचरणविपरीत गतिविधि गरेको कसुरमा ४८ म्यादी प्रहरी बर्खास्त भएका छन् । वैशाख ३० मा हुने निर्वाचन सुरक्षाका लागि १ लाख म्यादीलाई चैत २८ बाट एक साता सुरक्षा तालिम दिएर जिल्ला प्रहरी कार्यालय मातहत रहने गरी ४० दिनको ड्युटीमा खटाइएको छ । तिनैमध्ये सिन्धुपाल्चोकमा दुर्गासिं बस्नेत र नुवाकोटमा खटिएका योगेन्द्र न्यौपानेको दुर्घटनामा परी ज्यान गएको छ । प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक एसएसपी विष्णुकुमार केसीका अनुसार बाकेका जसबहादुर रोकाको हुम्लामा सुतेकै ठाउँमा मृत्यु भएको छ । सिन्धुपाल्चोककी अनिता भट्टराईले भने विष सेवन गरी आत्महत्या गरेकी हुन् । मन्त्रिपरिषद्ले आइतबार निर्वाचन सुरक्षामा खटिँदा ज्यान गुमाएका म्यादी प्रहरीको परिवारलाई प्रतिमृतक २० लाख रुपैयाँ दिने निर्णय गरेको छ । आत्महत्या गर्नेका हकमा भने यो राहत नदिइने गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए । कामको सिलसिलामा म्यादी प्रहरी घाइते भए सरकारले निःशुल्क उपचार गर्नेछ । प्रहरी प्रवक्ता केसीले मादक पदार्थ सेवन, सामाजिक सञ्जाल दुरुपयोग, तोकिएको समयमा अनुपस्थित जस्ता आरोपमा ४८ जनालाई जिम्मेवारीबाट मुक्त गरिएको जानकारी दिए । तीमध्ये केहीलाई पक्राउपछि कानुनी कारबाहीसमेत गरिएको छ । मधेस प्रदेशका ४, वाग्मती, गण्डकी र कर्णालीका ८र८, लुम्बिनीका ११ तथा सुदूरपश्चिम प्रदेशका ९ जना म्यादी प्रहरी कारबाहीमा परेका हुन् । १८ वर्षदेखि ५४ वर्षसम्मका नेपाली नागरिकलाई चैत ६ देखि ११ सम्म आवेदन खुलाएर चैत १५ देखि २२ को अवधिमा म्यादी छनोट गरिएको थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि