SamwadKhabar logo

               

विविध

हिमाल आरोहणका क्रममा चारको मृत्यु

देवराज रिजाल

देवराज रिजाल

हिमाल आरोहणका क्रममा चारको मृत्यु
२७ बैशाख, काठमाडौँ । विभिन्न हिमाल आरोहणका क्रममा यस महिना चार जना आरोहीको मृत्यु भएको छ । आरोहण कम्पनीहरुका अनुसार धौलागिरि, कञ्चनजङ्घा, सगरमाथा र ल्होत्सेमा गरी चार जना आरोहीको मृत्यु भएको हो । ल्होत्से हिमाल आरोहणका क्रममा कोरियाका आरोही टोलीका गाइड खुदम वीर तामाङ पहिलो क्याम्पबाट बेपत्ता भएको आरोहण आयोजक कम्पनी सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले जानकारी दिनुभयो । सोमबारदेखि बेपत्ता भएका गाइड तामाङको जीवित भेटिने सम्भावना नभएकाले खोजी कार्य समेत स्थगित गरिएको शेर्पाले जानकारी दिनुभयो । साउथ कोरियाका आरोहीहरुले ल्होत्से हिमालको नयाँ बाटो साउथ फेसेबाट आरोहण गर्न हिमाल तर्फ उक्लेका छन् । नयाँ बाटो भएकाले गाइड तामाङ क्रेभासमा फसेको हुनसक्ने अनुमान आरोहण दलका सदस्यहरुले जनाएका छन् । तामाङको टोलीमा रहेका कोरियाका आरोही सुङ तेइक होङसहित छ जनाले भने आरोहणलाई निरन्तरता दिंदै आएको कम्पनीले जनाएको छ । यस अघि वैशाख २२ गते कञ्चनजङ्घा हिमालको आरोहणका क्रममा एक भारतीय आरोहीको मृत्यु भएको छ । चुचुरो नजिक पुगेका भारत महाराष्ट्रका आरोही ५२ वर्षीय नारायण इयरको आठ हजार दुई सय मिटर नजिक मृत्यु भएको थियो । त्यस्तै गरी धौलागिरि (८१६७ मिटर) हिमालको आरोहण गरी फर्कने क्रममा ग्रिकका आरोही ५५ वर्षीय एन्टोनिअस स्क्यारिसको चैत २९ गते मृत्यु भएको छ । चुचुरो पुगेर फर्किने क्रममा तेस्रो क्याम्पस्थित सात हजार ४०० मिटरमा उहाँको मृत्यु भएको आरोहण आयोजक कम्पनी सेभेन समिट ट्रेकले जनाएको छ । बैशाख १ गते सगरमाथाको आरोहण गर्ने क्रममा एक गाइडको मृत्यु भएको छ । खुम्बु आइफल काट्ने क्रममा क्याम्प नजिक बिरामी परेका माप्य दूधकोशी गाउँपालिका ७ सोलुखुम्बुका ३७ वर्षीय गाइड निमातेन्जी शेर्पाको मृत्यु भएको थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …