SamwadKhabar logo

               

राजनीति

फिलिपिन्समा २४ वर्षअघि देश छोडेर भागेका तानाशाह मार्कोसका छोरा राष्ट्रपति निर्वाचित

देवराज रिजाल

देवराज रिजाल

फिलिपिन्समा २४ वर्षअघि देश छोडेर भागेका तानाशाह मार्कोसका छोरा राष्ट्रपति निर्वाचित
२९ वैशाख, काठमाडौैँ । पूर्वी एसियाली मुलुक फिलिपिन्समा फर्डिनान्ड मार्कोस जुनियरले राष्ट्रपति निर्वाचनमा सानदार जित हासिल गरेका छन्। गत सोमबार भएको चुनावमा मार्कोसले प्रतिष्पर्धीभन्दा झन्डै दोब्बर मत ल्याएर जित हासिल गरेका हुन्। उनले बुधबार जित दाबी गरेका छन्। यद्यपी मत परिणामको औपचारिक घोषणा हुन बाँकी रहेको सिएनएनले जनाएको छ। बोङबोङ उपनामले चिनिने मार्कोस फिलिपिन्सका पूर्व तानाशाह फर्डिनान्ड मार्कोसका छोरा हुन्। उनले साढे दुई दशकसम्म फिलिपिन्समा तानाशाही शासन चलाएका थिए। सन् १९८६ मा भएको जनआन्दोलनपछि उनको सत्ता ढलेको थियो। आन्दोलन बढ्दै गएपछि मार्कोस परिवार भागेर अमेरिकाको हवाई पुगेको थियो। त्यतिबेला उनीहरूले राज्यकोषबाट थुप्रै सम्पत्ति आफूसँगै लिएर गएको बताइन्छ। देश छोडेर भागेको तीन वर्षपछि सन् १९८९ मा मार्कोसको हवाईमै निधन भएको थियो।त्यसपछि उनको परिवार फिलिपिन्स फर्किएको थियो। फिलिपिन्समा आएपछि उनीहरूले आफ्नो राजनीतिक ठाउँ बनाउन प्रयास गरेका थिए। छोरा मार्कोस सिनेटर निर्वाचित भएका थिए।यसपालि उनले राइज अगेनु र युनिटीको नारा दिएर राष्ट्रपतीय चुनावी अभियान थालेका थिए।एउटा तानाशाहको परिवारको सदस्यले फेरि फिलिपिन्सको सत्ताको बागडोर सम्हालेपछि अब उनले कसरी शासन गर्लान् भनेर केहीले चासो व्यक्त गरेका छन्। मार्कोसले भने आफ्नो परिवारको इतिहास नभई काम हेरेर आफ्नो मूल्यांकन गर्न भनेका छन्। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मार्कोसलाई जितका लागि बधाई दिएका छन्। एजेन्सी

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

रुकुम पूर्वमा माओवादी केन्द्रका उम्मेदवार जगत् घर्ती निर्विरोध निर्वाचित

रुकुम पूर्वमा माओवादी केन्द्रका उम्मेदवार जगत् घर्ती निर्विरोध निर्वाचित

५ मंसिर, काठमाडौं । रुकुम पूर्वमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत् घर्ती निर्विर…

पूर्वसभामुख ढुङ्गानाको निधनको शोकमा आज सार्वजनिक बिदा,राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

पूर्वसभामुख ढुङ्गानाको निधनको शोकमा आज सार्वजनिक बिदा,राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

३ मंसिर, काठमाडौं । प्रतिनिधिसभाका पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा आज स…

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

२३ कार्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोला…

काठमाडौंमा एमालेद्वारा उम्मेदवार सार्वजनिक

काठमाडौंमा एमालेद्वारा उम्मेदवार सार्वजनिक

२२ कार्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले मंसिर १६ गते हुने स्थानीय त…