SamwadKhabar logo

               

खेलकूद

चेल्सीको सानदार जित

देवराज रिजाल

देवराज रिजाल

चेल्सीको सानदार जित
२९ वैशाख, काठमाडौैँ । शीर्ष चारको दौडमा रहेको लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा सानदार जित निकालेको छ । चेल्सीले १० खेलाडीमा समेटिएको लिड्स युनाइटेडलाई उसकै मैदानमा ३–० ले पराजित गर्दै शानदार जित निकालेको हो ।   चेल्सीको जितमा मासन माउन्ट, क्रिस्टियन पुलिसिस र रोमेलु लुकाकुले गोल गरे । चेल्सीले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गर्न सफल भएको थियो । एलान्ड रोडमा बुधबार राति भएको खेलको चौथो मिनेटमा मासन माउन्टले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाए। उनले रिस जेम्सको पासमा गोल गर्न सफल भएका थिए । २४औं मिनेटमा घरेलु टोली लिड्स १० खेलाडीमा समेटियो। ड्यानियल जेम्स सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । क्रिस्टियन पुलिसिसले ५५औं मिनेटमा गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । उनले मासन माउन्टको पासमा गोल गर्न सफल भएका थिए । ८३औं मिनेटमा रोमेलु लुकाकुले हाकिम जियाचको पासमा गोल गर्दै चेल्सीको सहज जित पक्का गरे । यो जितसँगै तेस्रो स्थानमा रहेको चेल्सीको ३६ खेलबाट ७० अंक पुगेको छ । एक खेल कम खेलेको आर्सनलको ६६ अंक रहेको छ । पराजित लिड्स ३४ अंक जोडेर १८औं स्थानमा रहेको छ । शीर्ष स्थानमा रहेको म्यान्चेष्टर सिटीको ८९ अंक छ भने दोस्रो स्थानमा रहेको लिभरपुलको ३६ खेलबाट ८६ अंक पुगेको छ।

ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

यो पनि

अमेरिकाविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालको पहिलो ‘क्लिन स्विप’

अमेरिकाविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालको पहिलो ‘क्लिन स्विप’

५ कार्तिक, काठमाडौं । नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी२० अन्तर्राष्ट्रिय क्रिकेट …

सुपर ओभरमा विजयी हुँदै अन्तिम खेल अघिनै नेपालले जित्यो अमेरिकाविरुद्धको सिरिज

सुपर ओभरमा विजयी हुँदै अन्तिम खेल अघिनै नेपालले जित्यो अमेरिकाविरुद्धको सिरिज

४ कार्तिक, काठमाडौँ । नेपालले दोस्रो टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा आइतवार अमेरिकालाई …

गोकर्णेश्वरमा बडा दशैँ फुटबल प्रतियोगिता हुँदै

गोकर्णेश्वरमा बडा दशैँ फुटबल प्रतियोगिता हुँदै

१४ असोज, काठमाडौं । गोकर्णेश्वर युवा उपकार क्लब ले नेपालीहरूको महान चाड बडा दशैं २…

एएफसी यु–२० एसियन कपः नेपाल आज बहराइनसँग भिड्दै

एएफसी यु–२० एसियन कपः नेपाल आज बहराइनसँग भिड्दै

११ असोज, काठमाडौं । चाइनिज ताइपेइमा भइरहेको एएफसी यु२० एसियन कप छनोटको समूह बी …