SamwadKhabar logo

               

खेलकूद

घरेलु मैदानमा नेपाली महिला क्रिकेट टिमले पहिलो टी–२० शृंखला आज खेल्दै

देवराज रिजाल

देवराज रिजाल

घरेलु मैदानमा नेपाली महिला क्रिकेट टिमले पहिलो टी–२० शृंखला आज खेल्दै
२ ज्येष्ठ, काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आज (सोमबार) पहिलो पटक घरेलु मैदानमा टी–२० अन्तरराष्ट्रिय शृंखला खेल्दैछ । उक्त खेल युगान्डाविरूद्ध दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुँदै छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने पाँच खेलको श्रृंखला लागि युगान्डा टिम हिजो ९आइतवार० नेपालमा आइसकेका छन् । नेपाली टोलीले सिरिजका लागि १६ सदस्यीय अन्तिम टोलीको घोषणा गरिसकेको छ । यसपटक टोलीमा दुई नयाँ अनुहार समावेश हुँदा अनुभवी स्पिनर करुणा भण्डारी भने टोलीमा रहने छैनन् । उनको स्थानमा यु–१९ प्रतियोगितामा राम्रो प्रदर्शन गरेकी लेग स्पिनर हिरणमयी रोय पहिलो पटकमै अन्तिम टोलीमा समावेश गरिएको छ । बागमती प्रदेशको कप्तानी गर्दै आएकी तीव्र गतिकी बलर अस्मिना बन्द प्रशिक्षणमा रहे पनि पहिलो पटक टोेलीमा समावेश गरिएको छ। जगत टमटाको प्रशिक्षणमा रहेको नेपाली टिममा कप्तानी रुविना क्षेत्री, उपकप्तान इन्दु वर्मा, सिता राना मगर, ज्योति पाण्डे, काजल श्रेष्ठ, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, डोली भट्ट, अस्मिना कर्माचार्य, संगीता राई, सबनम राई, रोमा थापा, सरिता राना मगर, हिरणमयी रोय, बिन्दु रावल खेलाडीहरू रहनेछन् । यसअघि नेपालले पहिलो अन्तर्राष्ट्रिय टी–२० शृंखला कतारविरुद्ध गत मंसिरमा खेलेको थियो । कतार भ्रमण क्रममा खेलिएको शृंखला नेपालले ‘क्लिन स्विप’ गरेको थियो । हाल नेपाल आईसीसी टी–२० वरियतामा १६ औं स्थानमा छ भने युगान्डा १९ औं स्थानमा छ । नेपाल र युगान्डाबीच ३ जेठमा दोस्रो, ५ जेठमा तेस्रो, ६ जेठमा चौथो र अन्तिम तथा पाँचौ ७ जेठमा हुनेछ । दर्शकलाई खेल हेर्न मैदान प्रवेश निशुल्क समेत गरिएको छ ।

ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

यो पनि

अमेरिकाविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालको पहिलो ‘क्लिन स्विप’

अमेरिकाविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालको पहिलो ‘क्लिन स्विप’

५ कार्तिक, काठमाडौं । नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी२० अन्तर्राष्ट्रिय क्रिकेट …

सुपर ओभरमा विजयी हुँदै अन्तिम खेल अघिनै नेपालले जित्यो अमेरिकाविरुद्धको सिरिज

सुपर ओभरमा विजयी हुँदै अन्तिम खेल अघिनै नेपालले जित्यो अमेरिकाविरुद्धको सिरिज

४ कार्तिक, काठमाडौँ । नेपालले दोस्रो टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा आइतवार अमेरिकालाई …

गोकर्णेश्वरमा बडा दशैँ फुटबल प्रतियोगिता हुँदै

गोकर्णेश्वरमा बडा दशैँ फुटबल प्रतियोगिता हुँदै

१४ असोज, काठमाडौं । गोकर्णेश्वर युवा उपकार क्लब ले नेपालीहरूको महान चाड बडा दशैं २…

एएफसी यु–२० एसियन कपः नेपाल आज बहराइनसँग भिड्दै

एएफसी यु–२० एसियन कपः नेपाल आज बहराइनसँग भिड्दै

११ असोज, काठमाडौं । चाइनिज ताइपेइमा भइरहेको एएफसी यु२० एसियन कप छनोटको समूह बी …