SamwadKhabar logo

समाचार

प्रधानमन्त्री देउवालाई भ्रातृ शोक

संवाद खबर

संवाद खबर

प्रधानमन्त्री देउवालाई भ्रातृ शोक
जेठ ३, काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका सहोदर भाइ प्रेमबहादुर देउवाको ६७ बर्षको उमेरमा आज बिहान २ बजे निधन भएको छ । प्रधानमन्त्रीका निजी सचिव भानु देउवाका अनुसार, उहाँको उपचारको क्रममा वीर अस्पतालमा निधन भएको हो । उहाँको पार्थिव शरीरलाई आजै बिहान ११ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने तयारी छ । भाइप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री देउवा पशुपति जाँदै हुनुहुन्छ । हाम्रा कञ्चनपुर सामाचारदाता लक्ष्मणदत्त पन्तका अनुसार, लामो समय क्यान्सर रोगबाट पीडित प्रेमबहादुर देउवाको क्यान्सर अस्पताल काठमाडौंमा उपचार भइरहेको थियो । श्वासप्रश्वासमा समस्या आएपछि एक महिना पहिले बीर अस्पताल सरिएका उहाँको उपचारका क्रममा अस्पतालमा निधन भएको हो । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ किचाई घर भएका उहाँ लामो समयदेखि काठमाडौंमा बस्दै आउनुभएको थियो । उहाँका दुई छोरा र दुई छोरी हुनुहुन्छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि