SamwadKhabar logo

               

विश्व

प्रदूषणका कारण वर्षेनी ९० लाख मानिसको मृत्यु

संवाद खबर

संवाद खबर

प्रदूषणका कारण वर्षेनी ९० लाख मानिसको मृत्यु
जेठ ४, काठमाडौँ । सन् २०१९ मा प्रदूषणका कारण विश्वभर वर्षेनी ९० लाख मानिसको मृत्यु भएको एक अध्ययनले देखाएको छ। बाहिरको हावामा सास फेर्दा मृत्यु बढेकोमा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । हावा, पानी र माटोमा मानवका कारण उत्पन्न फोहोरले वीरलै मानिसलाई तत्काल मार्छ। तर, यसले हृदय रोग, क्यान्सर, श्वासप्रश्वास समस्या, पखाला र अन्य गम्भीर रोगहरू निम्त्याउँछ। प्रदूषण र स्वास्थ्यसम्बन्धी ल्यान्सेट आयोगले विश्वव्यापी स्वास्थ्यमा प्रदूषणको प्रभाव ‘युद्ध, आतंकवाद, मलेरिया, एचआईभी, क्षयरोग, लागूपदार्थ र मदिराको भन्दा धेरै ठूलो रहेको’ जनाएको छ। ‘प्रदूषण मानव स्वास्थ्य र ग्रह अस्तित्वमा खतरा हो । यसले आधुनिक समाजको दिगोपनलाई खतरामा पार्छ’, अध्ययनमा भनिएको छ । ‘यदि हामीले स्वच्छ र हरियाली तरिकाले उत्पादनका लागि व्यवस्थापन गर्न सकेनौँ भने डरलाग्दो गल्ती गरिरहेका छौंँ’, रिपोर्टका प्रमुख लेखक रिचर्ड फुलरले भने । रासायानिक प्रदूषणले जैविक विविधतालाई पनि हानी गरेको र यो अर्को चुनौती भएको उनले बताए । ‘यी चीजहरू भयानक रूपमा जोडिएका छन्’, उनले थपे । समग्रमा विश्वव्यापीरूपमा ६ जनामा एक जनाको अकाल मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ। घरभित्रको वायु प्रदूषण, असुरक्षित पिउने पानी र अपर्याप्त सरसफाइसँग सम्बन्धित मृत्युदरमा कमीसँगै अफ्रिकामा भने धेरै सुधार आएको अन्वेषकहरूले बताएका छन् । दक्षिण र पूर्वी एसियामा औधोगिकीरणसँग जोडिएको अकाल मृत्यु भने बढेको विज्ञहरुले बताएका छन्। लेन्सेट प्लेन्टरी हेल्थमा प्रकाशित सो अध्ययनमा सन् २०१९ मा व्यापक वायु प्रदूषणले ४५ लाखको ज्यान गएको थियो । जबकी सन् २०१५ मा ४२ लाख र सन् २००० मा २९ लाखको मृत्यु भएको थियो। रासायनिक प्रदूषण पनि बढ्दै गएको छ। सिसाको विषाक्तताले मात्र ९ लाख जनाको मृत्यु भएको छ। सन् २०२१ मा अल्जेरियाले पेट्रोलमा लिडमाथि प्रतिबन्ध लगाएको थियो । यस्तो प्रतिबन्ध लगाउने उ अन्तिम देश हो । तर, लिड–एसिड ब्याट्री र विद्युतीय फोहरको अनियमित पुनप्रयोगका कारण मानिसहरू विषाक्त पदार्थमा निरन्तर ‘एक्सपोज’ भइरहे । यसमा दूषित मसला पनि जिम्मेवार छ।एजेन्सी

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

१८ भाद्र, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल…

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

१२ भाद्र, काठमाडौं । घरेलु टोली नेपाललाई बंगलादेशले पराजित गर्दै दक्षिण एसियाली फु…