SamwadKhabar logo

समाचार

मङ्कीपक्सको जोखिम छैन, सावधानी जरुरी

संवाद खबर

संवाद खबर

मङ्कीपक्सको जोखिम छैन, सावधानी जरुरी
जेठ ८, । कोभिड–१९ को महामारी मत्थर हुँदा अफ्रिकी मुलुक हुँदै अमेरिका र युरोपका विभिन्न देशमा अहिले नयाँ रोगको प्रकोप फैलिएको छ । बाँदरमा लाग्ने ‘मङ्कीपक्स भाइरस’ मानिसमा पनि सरेपछि त्यसबारे उच्च सतर्कता अपनाइएको छ । बेलायत र स्पेनमा त्यसको प्रभाव बढेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हालसम्म ८० जनालाई ‘मङ्कीपक्स भाइरस’ पुष्टि भइसकेको छ भने ५० जना शङ्कास्पद बिरामी छन् । युके हेल्थ सेक्युरिटी एजेन्सीका अनुसार मङ्कीपक्स भाइरसको पहिलो बिरामी अफ्रिकी मुलुक नाइजेरियाबाट आएका थिए । विश्व स्वास्थ्य सङ्गठनले हालसम्म मङ्कीपक्स भाइरस ११ राष्ट्रमा फैलिइसकेको जानकारी दिएको छ । हाल देखापरेको भाइरसलाई सामान्य रूपमा लिन नहुने भन्दै सङ्गठनले उक्त भाइरस गैरस्थानीय देशमा देखिएकाले असामान्य रहेको बताएको छ । सङ्गठनले भाइरस प्रभावित देश तथा अन्य निकायसँग बैठक बसेर भाइरस कम गर्न काम गरिरहेको जनाएको छ । प्रभावित हुन सक्ने मानिसलाई खोज्न र रोग व्यवस्थापन गर्न सङ्गठनले सहयोग गरिरहेको छ । भाइरस नियन्त्रणका लागि सङ्गठनले विज्ञ र प्राविधिक सल्लाहकार समूहहरूको बैठक जारी राख्ने जनाएको छ । सरुवा रोग विशेषज्ञ तथा शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट प्रमुख डा शेरबहादुर पुनले एसियामा सन् २०१९ मा सिङ्गापुरमा नाइजेरियाबाट आएका व्यक्तिलाई मङ्कीपक्स भाइरस देखिएको जानकारी दिए । मङ्कीपक्स भाइरस पहिलो पटक सन् १९५८ मा अनुसन्धानमा राखिएका बाँदरमा देखिएको थियो । यही कारणले यो भाइरसको नाम मङ्कीपक्स राखिएको थियो । मानिसमा भने सन् १९७० मा कङ्गोमा पुष्टि भएको थियो । डा पुनका अनुसार अफ्रिकाभन्दा बाहिर व्यक्ति तथा जनावरबाट पुगेको हो । डा पुनका अनुसार मङ्कीपक्स भाइरस सङ्क्रमण भएको पाँचदेखि २१ दिनभित्र लक्षण देखिन्छ । सुरुको अवस्थामा लक्षण अरू सङ्क्रामक रोगसँग मिल्दोजुल्दो देखिने भन्दै उनले ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, जाडो हुने, लिम्फ ग्रन्थी सुन्निनेजस्ता प्रारम्भिक लक्षण देखापर्ने बताए । प्रारम्भिक लक्षण देखिएको एकदेखि तीन दिनमा अनुहार तथा शरीरमा पानीका फोकाजस्ता बिबिरा देखिने, फुट्ने, सुक्ने र झर्ने गर्छन् । बिबिरा अनुहार तथा हातखुट्टामा बढी देखिने र दुईदेखि चार हप्तामा आफैँ निको हुने गर्छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि