SamwadKhabar logo

               

खेलकूद

पहिलो पटक लाइप्जिगलाई जर्मन कपको उपाधि

देवराज रिजाल

देवराज रिजाल

पहिलो पटक लाइप्जिगलाई जर्मन कपको उपाधि
जेष्ठ ८ काठमाडौँ । आरबी लाइप्जिगले पहिलो पटक जर्मन डिएफवी पोकल (जर्मन कप)को उपाधि जितेको छ । शनिवार राती भएको फाइनल खेलमा लाइप्जिगले फ्रेइवर्गलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै उपाधि जितेको हो । खेलको निर्धारित र थप अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा लम्बिएको थियो । टाइब्रेकरमा लाइप्जिगका क्रिस्टोफोर एनकुकु, विल्ली अर्वन, ड्यानियल ओल्मो र बेन्जामिन हेनरिचले गोल गर्न सफल भए । फ्रेइवर्गका निल्स पिटर्सन र केभिनले मात्रै गोल गर्न सफल हुँदा क्रिस्टियन गुन्टर र इर्मिडिन डेमीरोभिकले गोल गर्न चुकेका थिए । खेलको १९औं मिनेटमा म्याक्सिमिलियन इगेस्टिनको गोलबाट फ्रेइवर्गले सुरुवाती अग्रता लिएको थियो । ५७औं मिनेटमा लाइप्जिगका खेलाडी मार्सेल हाल्सटेनवर्ग सिधैं रातो कार्ड पाएकाले १० खेलाडीमा समेटियो । ७६औं मिनेटमा क्रिस्टोफोर एनकुुकुले विल्ली अर्वनको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ११८औं मिनेटमा केभिन काम्पल दोहोरो पहेलो कार्ड पाएकाले लाइप्जिग ९ खेलाडीमा समेटिन पुगेको थियो । ९ खेलाडीमा समेटिएता पनि लाइप्जिगले टाइब्रेकरमा बाजी मारेर पहिलोपटक जर्मन कपको च्याम्पियन बन्न सफल भएको हो ।

ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…

यो पनि

अमेरिकाविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालको पहिलो ‘क्लिन स्विप’

अमेरिकाविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालको पहिलो ‘क्लिन स्विप’

५ कार्तिक, काठमाडौं । नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी२० अन्तर्राष्ट्रिय क्रिकेट …

सुपर ओभरमा विजयी हुँदै अन्तिम खेल अघिनै नेपालले जित्यो अमेरिकाविरुद्धको सिरिज

सुपर ओभरमा विजयी हुँदै अन्तिम खेल अघिनै नेपालले जित्यो अमेरिकाविरुद्धको सिरिज

४ कार्तिक, काठमाडौँ । नेपालले दोस्रो टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा आइतवार अमेरिकालाई …

गोकर्णेश्वरमा बडा दशैँ फुटबल प्रतियोगिता हुँदै

गोकर्णेश्वरमा बडा दशैँ फुटबल प्रतियोगिता हुँदै

१४ असोज, काठमाडौं । गोकर्णेश्वर युवा उपकार क्लब ले नेपालीहरूको महान चाड बडा दशैं २…

एएफसी यु–२० एसियन कपः नेपाल आज बहराइनसँग भिड्दै

एएफसी यु–२० एसियन कपः नेपाल आज बहराइनसँग भिड्दै

११ असोज, काठमाडौं । चाइनिज ताइपेइमा भइरहेको एएफसी यु२० एसियन कप छनोटको समूह बी …