SamwadKhabar logo

समाचार

आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठक

देवराज रिजाल

देवराज रिजाल

आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठक
१० जेष्ठ काठमाडौँ । आज अपराह्न ४ बजे सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठक बस्दै, उक्त बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्नुहुने भएको छ । सो संयुक्त बैठकलाई सम्बोधनमार्फत आगामी आर्थिक वर्ष २०७९।८० का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ । जेठ ३ गते सुरु भएको संसद्को बजेट अधिवेशनमा आगामी बजेटको सैद्धान्तिक छलफल भइसकेको छ । सो छलफलपछि मात्र राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागिएको हो । संसद्का महासचिव डा.गौतमका अनुसार, राष्ट्रपतिद्वारा नेपाल सरकारको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रमसहित संयुक्त सदनलाई सम्बोधन हुनेछ । राष्ट्रपतिले संयुक्त सदनलाई सम्बोधन गर्नुभएपछि सम्बोधनको सत्र समाप्त हुने कार्यक्रम छ । सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले संयुक्त बैठकका लागि सबै तयारी पूरा भएको जानकारी दिनु भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको गठबन्धन सरकारको पहिलो नीति तथा कार्यक्रम हो । अघिल्लो वर्ष नेकपा (एमाले) का अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री के.पी.ओली शर्माको नेतृत्वमा रहेको सरकारले नीति तथा कार्यक्रम र त्यसमा आधारित बजेट ल्याएको थियो । स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको वर्तमान सरकारप्रति जनताको आशा अलि बढी नै रहेको छ । साथै बढ्दो महँगीलाई कसरी सम्बोधन हुनेछ भन्ने आम चासो पनि छ । नीति तथा कार्यक्रममा आधारित रहेर नेपालको संविधानबमोजिम जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सो कार्यक्रमपछि संसद्का दुवै सदनको छुट्टाछुट्टै बैठक बस्ने कार्यक्रम छ । ती बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिद्वारा गरिएको सम्बोधनको प्रति सदनमा टेबल गर्नुहुनेछ । संयुक्त सदनलाई सम्बोधन गर्नुभएकोमा राष्ट्रपतिप्रति हार्दिक धन्यवाद ज्ञापन गर्ने कार्यसूची छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि