SamwadKhabar logo

               

खेलकूद

यु–१७ एसियन कप छनोटको तालिका सार्वजनिक, नेपाल समूह ‘एफ’मा

संवाद खबर

संवाद खबर

यु–१७ एसियन कप छनोटको तालिका सार्वजनिक, नेपाल समूह ‘एफ’मा
जेठ १०, काठमाडौं । बहराइनमा हुने एएफसी यु–१७ एसियन कप छनोट खेलका लागि एएफसीले तालिका सार्वजनिक गरेको छ । एएफसीले मंगलबार सार्वजनिक गरेको तालिका अनुसार नेपाल समूह ‘एफ’मा परेको छ । चार टोली रहेको समूहमा नेपालसहित थाइल्यान्ड, भियतनामा र चाइनिज ताईपेइ छन् । एएफसीले जारी गरेको तालिकाअनुसार नेपाल सम्मिलित समूहका छनोट खेल भियतनाममा अक्टोबर १ देखि ९ सम्म हुने तालिका रहेको छ । सिंगल राउन्ड रोबिनको आधारमा हुने खेलको समूह विजेताले बहराइनमा आयोजना हुने एसियन कपमा स्थान बनाउने छन् । एएफसीले छनोट खेल्न लागेका एसियाली ४४ राष्ट्रलाई १० समूहमा विभाजन गरेर मंगलबार तालिका सार्वजनिक गरेको हो । १० समूह अन्तर्गत समूह ‘डी’ सम्म पाँच टोली रहेका छन् । यस्तै अन्य समूहमा चार टोली समावेश गरिएको छ । एसियाली पावर हाउस समूह ‘ए’ मा अटाएको छ भने छिमेकी भारत समूह ‘डी’मा समावेश छ । सँगै अर्को दक्षिण एसियाली राष्ट्र माल्दिभ्स पनि समूह ‘डी’मा नै छ । यस्तै भुटान र बंगलादेश समूह ‘इ’ मा छन् भने श्रीलंका समूह ‘जे’ मा छ । हरेक समूहको विजेताले बहराइनको यात्रा तय गर्नेछ । यस्तै समूहको दोस्रो हुने उत्कृष्ट ५ टोलीले समेत एसियन कप खेल्नेछ । एएफसी यु–१७ एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…