SamwadKhabar logo

               

खेलकूद

यू–१७ एसियन कप छनोटको तालिकामा नेपाल समूह ‘एफ’ मा

देवराज रिजाल

देवराज रिजाल

यू–१७ एसियन कप छनोटको तालिकामा नेपाल समूह ‘एफ’ मा
१० जेष्ठ काठमाडौँ । भियतनाममा आयोजना हुने एएफसी यू–१७ एसियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा परेको छ । एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले मंगलबार सार्वजनिक गरेको तालिकामा नेपाल, थाइल्याण्ड, भियतनाम र चाइनिज ताईपेइ समूह ‘एफ’ मा परेको हो । एएफसीले जारी गरेको तालिका अनुसार नेपाल सम्मिलित समूहका छनोट खेल भियतनाममा अक्टोबर १ देखि ९ सम्म हुनेछ । विजेता हुने राष्ट्रले बहराइनमा आयोजना हुने एसियन कपमा स्थान बनाउने छन् । एएफसीले छनोट खेल्न लागेका एशियाली ४४ राष्ट्रलाई १० समूहमा विभाजन गरेर तालिका सार्वजनिक गरेको हो । १० समूहमा विजेता राष्ट्र र ५ उपविजेता राष्ट्रले एएफसी यू–१७ एसियन कपमा प्रतिस्पर्धा गर्नेछन् । समूह विभाजन समूह ‘ए’ – जापान, जोर्डन (आयोजक), सिरिया, फिलिपिन्स र तुर्केमिनिस्तान समूह ‘बी’ – इन्डोनेसिया (आयोजक), मलेसिया, प्यालेस्टाइन, गुआम र युएईं समूह ‘सी’ – ओमान (आयोजक), इराक, कतार, लेवनान र बहराइन समूह ‘डी’ – भारत, साउदी अरेविया (आयोजक), म्यानमार, माल्दिभ्स र कुवेत समूह ‘ईं’ – यमन, बंगलादेश (आयोजक), सिंगापुर र भुटान समूह ‘एफ’ – थाइल्यान्ड, भियतनामा (आयोजक), चाइनिज ताइपेइ र नेपाल समूह ‘जी’ – अष्ट्रेलिया (आयोजक), चीन, कम्वोडिया र नर्दन मारियाना आइल्यान्ड समूह ‘एच’ – ताजिकिस्तान (आयोजक), अफगानिस्तान, टिमोर लिस्टे र मंगोलिया समूह ‘आईं’ – इरान, हङकङ, किर्गिस्तान (आयोजक) र लाओस समूह ‘जे’ – दक्षिण कोरिया, ब्रुनाई, उज्वेकिस्तान (आयोजक) र श्रीलंका एएफसी यु–१७ एसियन कपमा १६ टोलीले प्रतिष्पर्धा गर्नेछन् ।

ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

यो पनि

अमेरिकाविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालको पहिलो ‘क्लिन स्विप’

अमेरिकाविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालको पहिलो ‘क्लिन स्विप’

५ कार्तिक, काठमाडौं । नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी२० अन्तर्राष्ट्रिय क्रिकेट …

सुपर ओभरमा विजयी हुँदै अन्तिम खेल अघिनै नेपालले जित्यो अमेरिकाविरुद्धको सिरिज

सुपर ओभरमा विजयी हुँदै अन्तिम खेल अघिनै नेपालले जित्यो अमेरिकाविरुद्धको सिरिज

४ कार्तिक, काठमाडौँ । नेपालले दोस्रो टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा आइतवार अमेरिकालाई …

गोकर्णेश्वरमा बडा दशैँ फुटबल प्रतियोगिता हुँदै

गोकर्णेश्वरमा बडा दशैँ फुटबल प्रतियोगिता हुँदै

१४ असोज, काठमाडौं । गोकर्णेश्वर युवा उपकार क्लब ले नेपालीहरूको महान चाड बडा दशैं २…

एएफसी यु–२० एसियन कपः नेपाल आज बहराइनसँग भिड्दै

एएफसी यु–२० एसियन कपः नेपाल आज बहराइनसँग भिड्दै

११ असोज, काठमाडौं । चाइनिज ताइपेइमा भइरहेको एएफसी यु२० एसियन कप छनोटको समूह बी …