SamwadKhabar logo

समाचार

गोकर्णेश्वर– ५ मा बजेटको दूरुपयोगः जीर्ण जगमा पर्खाल लगाउँदै

संवाद खबर

संवाद खबर

गोकर्णेश्वर– ५ मा बजेटको दूरुपयोगः जीर्ण जगमा पर्खाल लगाउँदै
जेठ १२, काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नं. ५ को कार्यालय परिसरमा प्राविधिक रुपमा त्रुटि र जीर्ण जगलाई आधार बनाएर नयाँ पर्खाल लगाउने कार्य भईरहेको छ । कार्यालय वरिपरि सुरक्षाको प्रयोजनका लागि निर्माण हुने सो पर्खालमा अपरिपक्वा तरिकाले निर्माण भईरहेको भन्दै स्थानीय सरोकारवालाले रोक्ने प्रयास गरेपनि निर्माण कार्य अगाडी बढिरहेको भनाई छ । निर्माण कार्य सुरु हुनु अघि नै प्राविधिक रुपमा परिक्षण गरी पर्खाल लगाउने कार्य गर्न नवनिर्वाचित वडा अध्यक्ष नारायण सुवेदीलाई खबर पु¥याएपनि उक्त कार्य नरोकिएको माओवादी केन्द्र गोकर्णेश्वर नगर कमिटीका अध्यक्ष मानबहादुर तामाङले जानकारी दिए । भईरहेको वाल र रेलिङ भत्काएर नयाँ थप वाल निर्माण गर्न लागिएको र त्यसमा दीर्घाकालीन योजना नहेरी अनिमियतता गर्ने उद्देश्यले देखावटी काम गर्न लागिएको तामाङको आरोप छ । आफुले रोक्न अध्यक्षलाई खबर गरेपनि वास्ता नगरी निर्माण कार्य अगाडी बढाईरहेकोले अनिमियतता रोक्ने प्रयासमा लागेको उनले बताए । हाल भएको पर्खाललाई आधार बनाएर करिव १८ इन्र्चको नयाँ पर्खाल लगाउने जानकारी प्राप्त भएको छ । रेलिङ र खम्बा पनि पुरानै राख्ने जानकारी पाएपछि वडा कार्यालय जस्तो सार्वजनिक क्षेत्रलाई थप असुरक्षित बनाएर विनियोजित रकमको दूरुपयोग गर्न लागेको आरोप लगाएको छ । अनिमियता गर्ने दृष्टिकोणबाट यस्तो कार्य गरेको हो, उनले भने । वडाको बजेटमार्फत सुरक्षाको प्रत्यभूति गराउन निर्माण गरिएको सो संरचनामा पुरानै रेलिङ र खम्बाले झन असुरक्षा पैदा भएको उनले बताए । उक्त कार्यमा जिम्मेवार व्यक्ति वडा अध्यक्ष नै मौन बस्नु अनिमियतताको संकेत स्पष्ट देखिएकाले खबरदारी गरेको बताए । प्रशासनिक वडा कार्यालय परिसरमै आँखामा छारो हाल्ने विकास भईरहेको अवस्था छ भने अन्य ठाउँको निर्माण कार्यको हालत के होला अध्यक्ष तामाङले प्रश्न गरे ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि