SamwadKhabar logo

समाचार

काठमाडौँ महानगरपालिका प्रमूखमा बालेन्द्र साह विजयी

देवराज रिजाल

१३ जेष्ठ काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह ६१,७६७ मत ल्याई विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार बिहान नवनिर्वाचित मेयर र उपमेयरलाई औपचारिक रुपमा विजयी घोषणा गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थियो । सो क्रममा साहले आफ्नो भिजन र एजेन्डाहरूलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने बताए । ‘आजबाट हामीले एउटा सुरूआतको रूपमा लिएका छौं। निर्वाचनको परिणाम जुन आएको छ। यसलाई हाम्रो विजय भन्दा पनि हाम्रो कार्यको सुरुवात हुनेछ’, उनले भने, ‘अबको ५ वर्षमा आफ्नो भिजन र एजेन्डाहरूलाई पूर्ण रूपमा कार्यसम्पन्न गर्ने हाम्रो धारणा रहेको छ।’उनले काठमाडौं महानगरलाई नै एउटा परिवारको रूपमा लिएको बताए । ‘काठमाडौं महानगर परिवारको रूपमा रहेको छ। सधै परिवार नै थियो र परिवारनै रहनेछ’, उनले भने । त्यसपछि समर्थकहरुले बालेनसहितको विजय तथा धन्यवाद जुलुस निकालेका थिए । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार सिर्जना श्रेष्ठलाई २३,४२६ मतान्तरले पराजित गरेका हुन् । पराजित सिर्जना श्रेष्ठले ३८,३४१ मत ल्याएकी छन् । यस्तै उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उम्मेदवार सुनिता डंगोल ६८,६१२ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का उम्मेदवार रामेश्‍वर श्रेष्ठले २३,८०६ मत ल्याएका छन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि