SamwadKhabar logo

समाचार

नीति अनुसन्धान प्रतिष्ठानद्वारा २७ जना स्वर्णपदक प्राप्त गर्ने व्यक्तिहरुलाई सम्मान

देवराज रिजाल

देवराज रिजाल

नीति अनुसन्धान प्रतिष्ठानद्वारा २७ जना स्वर्णपदक प्राप्त गर्ने व्यक्तिहरुलाई सम्मान
१३ जेष्ठ, काठमाडौँ । नीति अनुसन्धान प्रतिष्ठान नेपालले २७ जना स्वर्णपदक प्राप्त गर्ने व्यक्तिहरुलाई सम्मान गरेको छ । नीति अनुसन्धान प्रतिष्ठान नेपाल (नेनाप)द्वारा शुक्रबार काठमाडौंको नेपाल-भारत मैत्री आनन्द पशुपति धर्मशालामा प्रतिभा सम्मान कार्यक्रम आयोजना गरी नेपालबाट भारतीय शैक्षिक संस्थान / विश्वविद्यालयहरूबाट विभिन्न विषयमा स्वर्णपदक प्राप्त गरी आफ्नो अध्ययनपश्चात् नेपालका विविध क्षेत्रमा लामो समयदेखि सेवामा रही राष्ट्रका लागि महत्त्वपूर्ण योगदान पुऱ्याउनु हुने २७ व्यत्तिहरूलाई कार्यक्रमका प्रमुख अतिथि सुचना तथा संचार मन्त्री माननीय ज्ञानेन्द्र बहादुर कार्की, विशिष्ट अतिथि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका निर्देशक आशावरी वापटज्युहरूबाट  सम्मान  प्रदान  गरेको हो । सुचना तथा सञ्चार मन्त्री माननीय  ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा नीतिअनुसन्धान प्रतिष्ठान नेपालका निर्देशक डा.दीपक कुमार अधिकारीज्युले नीति अनुसन्धान प्रतिष्ठान नेपालले २०१७ मा पहिलो प्रतिभा सम्मान कार्यक्रम आयोजना गरी ३२ जना समाजका प्रतिष्ठित व्यक्तिहरुलाई सम्मान गरेको र त्यस सँगै ४० बर्ष भन्दा मुनिका ७ जना युवा प्रतिभा र उद्यमीलाई पनि २०७४मा सम्मान गरेको कुरा उल्लेख गर्दै, यस बर्ष पनि अलग अलग विधा र विषय छुट्याएर भारतको अलग-अलग विश्वविद्यालयमा अध्ययन गरेर गोल्डमेडल प्राप्त गरेका व्यत्तिहरूलाई सम्मान गर्नु पर्छ भन्ने उदेश्यका साथ यस प्रतिभा सम्मान कार्यक्रम आयोजना गरेको बताउनु भएको थियोे । प्रमुख अतिथि सूचना तथा सञ्चार मन्त्री माननीय ज्ञानेन्द्र बहादुर कार्कीज्युले भारतबाट उच्च शिक्षा हासिल गरी गोल्डमेडल प्राप्त गरेका व्यक्तिहरुलाई गरिएको सम्मानले समाजमा एउटा सकारात्मक सन्देश गएको उल्लेख गर्दै त्यसका लागि आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभएको थियोे । उहाँले हाम्रो सुन्दर देश नेपाललाई प्रकृतिले यति धेरै सम्पदाहरू दिएको छ त्यसका लागि प्राप्त ज्ञान र सीपलाई व्यबहार र अवसरमा रूपान्तर गरेर मुलुकलाई चाँडो भन्दा चाँडो सम्पन्न मुलुकको रूपमा विकसित गर्नका निमित्त सम्मानित प्रतिभाहरूको धेरै ठुलो भूमिका रहनुपर्ने बताउनु भएको थियो । उहाँले नेपाल र भारतको सम्बन्ध सरकार बीचमा मात्र नभएर जनताहरू बीचमा रहेको बताउँदै, एउटै सभ्यता , एउटै संस्कृति भएकोले हामीले हाम्रो देशलाई समृद्ध बनाउन भारतसँग सुमधुर सम्बन्ध स्थापित गर्न सक्यौं भने हामी सफल हुने कुरा व्यक्त गर्नुभयो । कार्यक्रममा विशिष्ट अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीज्युले शिक्षा अथवा विद्या अध्ययन गर्ने, एउटा प्रमाणपत्र लिने नेपाल आउने आफ्नो ठाउँमा काम गर्ने र जागिर खानेसँग मात्र सीमित नभएर यस्तो शिक्षाले देश विकासमा योगदान पुऱ्याउनु पर्ने बताउनुभयो । यससँगै उहाँले भारतमा अध्ययन गरेर आउने विद्यार्थीहरुले नेपाल र भारतको सम्बन्धलाई सुमधुर बनाउन महत्त्वपूर्ण योगदान पुऱ्याउन सक्ने कुरा उल्लेख गर्नुभएको थियोे । "यो सम्मान कसैको चाहनाले नभई तपाईंहरूले विभिन्न विश्वविद्यालयबाट मेरिटमा पाएको डिग्रीलाई मूल्याङ्कन गरेर नेपालभित्र कहाँ हुनुहुन्छ, खोजीखोजी यहाँहरूलाई सम्मान गरिएको हो" भन्दै उहाँले सम्मानित सबै व्यक्तिलाई बधाई दिनुभयो। अन्य देशमा गएर पनि गोल्डमेडल प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै शुभकामन दिनुभएको थियोे । त्यसैगरी कार्यक्रमका अतिथि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमिला देवि बज्राचार्यज्युले यस्तो किसिमको कार्यक्रम भईरहनु पर्ने र यसले नयाँ आउने पुस्ताहरूलाई उत्प्रेरणा मिल्ने साथै विदेशमा उच्च शिक्षा हासिल गरेर स्वदेशमै केही गर्नुपर्छ, भन्ने भावको सकारात्मक सन्देश जाने भएकोले यस्तो कार्यक्रमहरूलाई प्रोत्साहन गर्नुपर्ने बताउनु भएको छ । साथै कार्यक्रमका अर्का अतिथि भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाज्युले समाजका विशिष्ट व्यक्तित्वहरूलाई कार्यक्रममा उपस्थिति गराई एउटै मालामा उनेर जुन कार्यक्रम नीति अनुसन्धान प्रतिष्ठान, नेपालले आयोजना गरेको छ त्यो अत्यन्तै राम्रो गरेको र नयाँ पुस्तालाई प्रेरणा बनेको बताउनु भएको छ । त्यसैगरी विशिष्ट अतिथि स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका निर्देशक आशावरी वापटज्युले नीति अनुसन्धान प्रतिष्ठान, नेपालले आयोजना गरेको कार्यक्रमको प्रशंसा गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोे । सम्मानित व्यक्तिहरु जसमा चार्टर्ड एकाउन्टेन्ट मदनकृष्ण शर्मा, जलस्रोत सिचाइ विभागका रवि शाक्य, नेपाल ल क्याम्पसका उत्साह भट्टराई, प्राध्यापक डिल्लीराम सङ्ग्रौला, नार्काका चेतन ज्ञावाली, नेपाल ट्रष्टका सुरेश कुमार वर्मा त्यसैगरी डाक्टर राम प्रसाद पोखरेल, डाक्टर पुनम नेपाल लगायत अन्य विविध क्षेत्रमा कार्यरत व्यक्तिहरूलाई सम्मान गरेको हो । कार्यक्रममा समाजका विशिष्ट व्यक्तिहरू, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, पूर्व आइजिपी सर्वेन्द्र खनाललगायत सुरक्षा निकायका अधिकारी, पोखरा विश्वविद्यालयका उपकुलपति प्रेमनारायण अर्याललगायत विविध संघ-संस्थाका प्रतिनिधिहरू गरी ५ सयबढी समाजका प्रबुद्ध नागरिकहरूको उपस्थिति रहेको थियोे ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि