SamwadKhabar logo

समाचार

कति समयको फरकमा नुहाउनुपर्छ? यस्तो छ विज्ञको सुझाव

संवाद खबर

संवाद खबर

कति समयको फरकमा नुहाउनुपर्छ? यस्तो छ  विज्ञको सुझाव
सीएनएन । अमेरिकामा मात्र झन्डै दुई तिहाइ मानिसहरु हरेक दिन नुहाउने गर्दछन् । त्यहाँ दिनदिनै ननुहाउनुलाई घिन मान्ने चलन रहेको छ । तर के वास्तवमै सरसफाइका हिसाबले दैनिक नुहाउनु सबैभन्दा उत्तम हो ? कि अमेरिकीहरु यस कुरामा गलत छन् भन्नेबारे विज्ञहरुले यस्तो खुलासा गरेका छन् । नुहाए ननुहाएका आधारमा हामी किन अरुको मूल्यांकन गर्छौँ ? अहिलेका मानिसहरु अर्काको कमी निकाल्न, कुरा काट्न ज्यादै रुचाउँछन् । केही वर्ष अगाडि डाक्टर जेम्स हेम्ब्लिनले आफ्नो एक अध्ययनका लागि पूर्ण रुपमा नुहाउन बन्द गर्ने निर्णय गरे । आफ्नो यो रिसर्चपछि उनले ‘क्लिन’ अर्थात् सफा शिर्षकको किताब लेखे । उनी भन्छन्, “सरसफाइको कुरामा मानिसहरुले खुलेआम अर्कालाई नराम्रो तरिकाले हेर्ने र घिनाउने गरिरहेका हुन्छन् । अन्य विषयहरुमा हामी धेरै प्रगतिशील भइसकेका छौँ तर सरसफाइको विषयमा चाहिँ हामी खुलस्त रुपमा नराम्रो टिप्पणी दिन पछि पर्दैनौँ । र मैले यसैको जाँच गर्न खोजेको हुँ ।” उनका अनुसार अहिलेको समयमा सरसफाइका लागि भन्दा पनि अरुले के भन्लान् भन्ने डरले मानिसहरु बढी नुहाइरहेका छन् । जसले यसलाई ट्रेन्ड समान बनाइदिएको छ । तर यही शैली धेरैले जाडो महिनामा चाहिँ अपनाएका हुदैनौँ । जस्तै ग्यालअपको सर्वेक्षण अनुसार ३० प्रतिशत तिनै अमेरिकहरुले जाडोयाममा चाहिँ दिनकै नुहाउँदैनन् । र यसो गर्दा पनि सबै स्वस्थ रुपमा बाँचिरहेकी हुन्छन् । यस्तोमा सरसफाइका हिसाबले कतिसम्म नुहाउनु ठीक हो र के कुरा चाहिँ केबल बजारीकरण र ट्रेन्डका नाममा भ्रम मात्र फैलाइएको हो ? ‘द डर्ट अन क्लिन : एन अनस्यानिटाइज्ड हिस्ट्री’ की लेखक क्याथरिन एशेनबर्ग भन्छिन्, “नुहाउने सम्बन्धी मानव इतिहास प्राचीन रोमसँग जोडिएको छ । तर रोमनहरुलाई नुहाउन एकदमै मनपर्ने भएपनि यो शब्दलाई चाहिँ सयौँ वर्षसम्म ‘फोहोर’ सँग मात्र जोड्ने गरिन्थ्यो । १४ औँ शताब्दीमा ब्ल्याक डेथ प्रकोप सुरु भयो , त्यसबेलाका डाक्टरहरुले तातो पानीले नुहाउनुले रोग लाग्ने खतरा झन बढ्ने विश्वास गर्दथे । तातोपानीले छालामा हुने ससाना प्वालहरु खुलाउने हुँदा त्यसैबाट रोग शरीर भित्र छिर्ने उनीहरुको तर्क थियो ।  अर्को चर्चित घटना भनेको फ्रान्सका राजा लुइ चौधौँले दुर्लभै नुहाउँने गर्दथे । तर यसमा उनले एकै दिनमा धेरैपटक आफ्नो पहिरन बदल्ने गर्दथे । उसो भए त्यो समयबाट हामी कसरी अहिले दिनदिनै नुहाउने अवस्थामा आइपुग्यौँ त ?  यसमा दुई प्रमुख कारण छन् । पहिले त किटाणुबारे हामीले अनन्त ज्ञान हासिल गरिसकेका छौँ । त्यस्तै हामीसँग विगतको तुलनामा साबुन, सफा पानीको श्रोत र बाथरुमको पहुँच व्यापक भइसकेको छ । दोस्रो कारण भनेको चाहिँ यस सम्बन्धी तिव्र बजारीकरणले पनि सरसफाइको विषयलाई आवश्यकता भन्दा पनि देखाउने ट्रेन्डतर्फ लगिरहेको विज्ञ बताउँछन् । अहिले संसारको हरेक कुनामा हामीले सफा रहन भनेर थरीथरीका उत्पादनको विज्ञापन राखेको देख्न सक्छौँ । यसले यो उद्योगलाई अरबौँ डलरको बनाइदिएको छ ।  तर स्वास्थ्य सम्बन्धी विशेषज्ञहरुका अनुसार त्यसरी धेरै नै सफा गर्नुले हामीलाई झन अस्वस्थ बनाइरहेको हुन सक्छ । किनकी वैज्ञानिक अध्ययनका अनुसार किटाणुबाट वास्तवमा हामीलाई फाइदा पुगिरहेको हुन्छ । हाम्रो छालालाई सुरक्षित राख्न त्यसको सतहम विशेष किसिमको प्राकृतिक तेल र राम्रा ब्याक्टेरियाको उचित सन्तुलन हुन्छ । यसले हाम्रो छालालाई हानिकारक किटाणु र सुख्खापनबाट बचाइरहेको हुन्छ । तर त्यसमा केमिकलयुक्त कडा साबनु प्रयोग गर्नु या शरीरलाई घोट्ने गर्दा छालाले त्यो सतह गुमाउँछ । यसले छाला अस्वास्थकर बन्दै जान्छ भने एलर्जी गराउने किटाणुहरु पनि सजिलै संक्रमण फैलाउन सक्ने हुन्छन् । त्यसैगरी हाम्रो शरीरको प्रतिरोधात्मक प्रणालीलाई धेरै अवस्थामा छालामा बस्ने किटाणुहरुले पनि सक्रिय पारिरहेका हुन्छन् । तर तिनीहरु चाँडो पखालिनुले शरीरलाई त्यस विरुद्ध जोगाउने ‘एन्डिबडिज’ उत्पादन गर्ने मौका दिँदैन ।   अझ यसमाथि पनि एन्टिब्याक्टेरियल साबुन त झन घातक हुन सक्छन् । यिनले सबै प्राकृतिक ब्याक्टेरियल सुरक्षालाई नष्ट गर्ने हुँदा छालामा संक्रमक किटाणुको उपचार गर्न कठिन बनाइदिन्छ । यसले विशेषगरी बालबालिकाहरुमा ठूलो प्रभाव पार्न सक्छ । त्यसैले पनि स्वास्थ्यका हिसाबले हप्तामा दुईदेखि तीन दिन नुहाउनु नै उचित हुने स्वास्थ्यविद्हरु बताउँछन् । तर यसमा यदि कसैले घण्टौँ तातो घाममा काम गर्नुपर्ने या कडा शारीरिक परिश्रम गर्नुपर्ने छ भने चाहिँ उनीहरुले भित्र बसेर काम गर्नेहरुको तुलनामा बढी नुहाउनुपर्ने हुन सक्छ । कतिपय मानिसहरुको छालाको अवस्था हेरेर एकदम कम नुहाउनु नै उत्तम हुन्छ । सीएनएनबाट

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि