SamwadKhabar logo

               

स्वास्थ्य

महिलालाई भन्दा पुरुषलाई यसकारण लामखुट्टेले बढी टोक्छ

देवराज रिजाल

देवराज रिजाल

महिलालाई भन्दा पुरुषलाई यसकारण लामखुट्टेले बढी टोक्छ
१५ जेष्ठ, काठमाडौँ । एउटा नयाँ अध्ययनअनुसार लामखुट्टेले महिलाको तुलनामा पुरुषलाई टोक्ने सम्भावना बढी हुन्छ । पुरुषहरू प्रायः तिनीहरूको शरीरको आकारका कारण लामखुट्टेको शिकार हुने गरेको शोधकर्ताहरूले उल्लेख गरेका छन् । ‘ठूला शरिरका व्यक्तिहरूले लामखुट्टेलाई बढी आकर्षित गर्छन् । उनीहरूको अधिक सापेक्षिक ताप वा कार्बन डाइअक्साइडका कारण ठूला शरिर भएका व्यक्तिहरूले लामखुट्टेलाई बढी आकर्षित गर्छन्’, अध्ययनमा भनिएको छ । पहिले यो विश्वास थियो कि लामखुट्टे पुरुषभन्दा महिलाप्रति बढी आकर्षित हुन्छन् । सन् २००० मा ल्यान्सेटले गरेको अध्ययनमा अन्य महिलाले भन्दा गर्भवती महिलाहरूले लामखुट्टेलाई बढी आकर्षित गर्ने निस्कर्ष निकालिएको थियो । गर्भवती महिलाहरूले श्वसमार्फत अधिक मात्रामा कार्बन डाइअक्साइड फाल्ने र शरीरको ताप उच्च हुँदा उनीहरूलाई लामखुट्टेले सजिलै पत्ता लगाउने अध्ययनमा उल्लेख थियो । न्यूयोर्कको एलर्जी एण्ड अस्थमा केयरका डा.क्लिफर्ड डब्ल्यु बससेटका अनुसार कार्बन डाइअक्साइडका अतिरिक्त ल्याक्टिक एसिड पनि लामखुट्टेलाई बलियो आकर्षण गर्ने तत्व हो । त्यसैले मानिसलाई बाहिर निस्कँदा र पसिना आउँदा लामखुट्टेले बढी टोक्छ । रोचक पक्ष के छ भने पोथी लामखुट्टेले मात्र मानिसलाई टोक्छ, किनभने तिनीहरूले मानव शरीरको रगतबाट प्रोटिन निकाल्छन्, जसले तिनीहरूको अण्डा बढाउन मद्दत गर्दछ । अध्ययन एनल्स अफ इन्टरनल मेडिसिनमा प्रकाशित छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे  छलफल

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

स्वास्थ्यमन्त्री थापाद्वारा प्रादेशिक अस्पतालको अनुगमन

स्वास्थ्यमन्त्री थापाद्वारा प्रादेशिक अस्पतालको अनुगमन

२५ भाद्र, काठमाडौं । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेश सरकार मातहतका …

सार्वजनिक बिदामा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन

सार्वजनिक बिदामा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन

१६ भाद्र, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्…