SamwadKhabar logo

समाचार

सशस्त्र प्रहरी कर्मचारीहरुलाई वित्तिय साक्षरता सम्बन्धि प्रशिक्षण

देवराज रिजाल

देवराज रिजाल

सशस्त्र प्रहरी कर्मचारीहरुलाई वित्तिय साक्षरता सम्बन्धि प्रशिक्षण
१८ जेष्ठ, काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा जेठ १७ गते राष्ट्रिय वाणिज्य बैंक लिमिटेडद्धारा काठमाडौं उपत्यकामा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुलाई वित्तिय साक्षरता सम्बन्धि प्रशिक्षण प्रदान गरिएको छ । राष्ट्रिय वाणिज्य बैंक मर्चेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेलले सशस्त्र प्रहरी बल नेपाल र उक्त बैंक बीच भएको सम्झौता पश्चात बैंकले प्रदान गर्ने विभिन्न बैंकीङ्ग सुविधाहरुको बारेमा जानकारी गराउनुहुँदै डिम्याट खाता, मेरो सेयर, ईन्टरनेट बैंकीङ्ग लगायतका विविध सुविधाहरु उपयोग गर्ने तरिका, सेवा शुल्क र फाईदाहरु बारे प्रशिक्षण गर्नुभएको हो । यसैगरी राष्ट्रिय वाणिज्य बैंक लिमिटेड केन्द्रिय कार्यालयका ब्रान्च अप्रेशन विभागका विभागीय प्रमुख दुर्गा कुमारी कँडेलले सशस्त्र प्रहरी कर्मचारीहरुकोे हित तथा सुविधाका लागि तलबी बचत खाता संचालन तथा पेशागत कर्जा न्यून शुल्कमा प्रदान गरिने उल्लेख गर्नुहुदै विविध बैंकीङ्ग सुविधा बारे समेत जानकारी गराउनु भएको हो । त्यसअवसरमा सशस्त्र प्रहरी उपरिक्षक होम ज्ञवालीले सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बीच राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई बिना धितो लोन दिने सम्बन्धि भएको सम्झौता बारे जानकारी गराउनुहुँदै सो सम्झौता पश्चात सशस्त्र प्रहरी कर्मचारीहरुले विभिन्न सुविधा प्राप्त गरि उहाँहरुको विभिन्न भईपरि आउने समस्या समाधानमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । यसैगरी सशस्त्र प्रहरी नायब उपरिक्षक ध्रुव के.सी.ले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई राष्ट्रिय वाणिज्य बैंक लिमिटेडद्धारा प्रदान गरिने विविध सेवा सुविधा र पेशागत कर्जाको बारेमा ज्ञान दिई विशेष सहयोग पु¥याएकोमा उहाँहरुप्रती हार्दिक आभार प्रकट गर्नुहुँदै बैंकले प्रदान गर्ने विविध सुविधाले सकल दर्जाका कर्मचारीहरुको हौसलामा समेत अभिबृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । सो प्रशिक्षणमा सशस्त्र प्रहरी बल, नेपालका अधिकृत, विल्लादार जवान तथा सो बैंकका बरिष्ठ अधिकारीहरुको उपस्थिति रहेको थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि