SamwadKhabar logo

               

विश्व

अमेरिकामा मङ्कीपक्स फैलिदैः समलिङ्गी पुरुषसँग यौन सम्बन्ध राख्नेहरु संक्रमित

संवाद खबर

संवाद खबर

अमेरिकामा मङ्कीपक्स फैलिदैः  समलिङ्गी पुरुषसँग यौन सम्बन्ध राख्नेहरु संक्रमित
जेठ २२, एएफपी । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले शुक्रबार बताएअनुसार अमेरिकामा २१ सहित विश्वभर मङ्कीपक्स संक्रमितको संख्या ७ सय भन्दा बढी पुगेको अमेरिकी अनुसन्धानले देखाएको छ। पछिल्लो समय मङ्कीपक्स अमेरिकामा पनि फैलिइरहेको बताइएको छ। सीडीसी(को एउटा नयाँ रिपोर्टअनुसार पहिलो १७ वटा घटनामध्ये १६ जना समलिङ्गी पुरुषसँग यौन सम्बन्ध राख्ने व्यक्ति रहेका र बाँकी १४ जना यात्रासित सम्बन्धित भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। सबै बिरामीहरू निको भइसकेका छन् वा निको हुने क्रममा छन् तर कुनै पनि संक्रमितलाई जटिल स्वास्थ्य समस्या देखिएको छैन। सीडीसीको ‘डिभिजन अफ हाई कन्सिक्वएन्स प्याथोजेन एण्ड प्याथोलोजी’का उप निर्देशक जेनिफर म्याकक्विस्टनले सञ्चारकर्मीसँग भने, ‘संयुक्त राज्य अमेरिकामा पनि केही घटनाहरू देखिएका छन् जसबारे हामीलाई पूर्ण जानकारी छ।’ संयुक्त राज्य अमेरिकामा यात्रासम्बन्धी वा तिनीहरू कसरी संक्रमित बने भन्ने जानकारी नभएको एउटा पनि घटना नभएको उनले बताए। मङ्कीपक्स एक दुर्लभ रोग हो। यो बिफरसँग सम्बन्धित तर बिफरभन्दा कम गम्भीर रोग हो। यसले गर्दा अन्य लक्षणका साथै फैलने, ज्वरो आउने, चिलाउने र दुख्ने जस्ता लक्षण देखा पर्छन्। साधारणतया पश्चिमी र मध्य अफ्रिकामा मात्र सीमित यो रोग (संक्रमण) मे देखि यूरोपमा पनि भेटिएको थियो। त्यसबेलादेखि प्रभावित देशहरूको संख्या बढेको छ। क्यानाडाले शुक्रबार पनि नयाँ तथ्याङ्क जारी गर्दै कूल ७७ जनामा संक्रमण भएको पुष्टि गरेको छ। तीमध्ये प्राय सबै क्युबेक प्रान्तमा पत्ता लागेका हुन र त्यहाँ नियन्त्रणका लागि खोपहरू वितरण गरिएका छन्। यसको नयाँ फैलावट युरोपमा विशेष समलैंगिक पर्वहरूसँग सम्बन्धित हुन सक्ने भए तापनि मङ्कीपक्सलाई यौनजन्य रोग मानिएको छैन। यसको मुख्य जोखिम भनेको मङ्कीपक्स भएको व्यक्तिसँग छालादेखि छालाको नजिकको सम्पर्क हुनु हो। सबै घाउहरू सुकेर नयाँ छाला नबनेसम्म एक मानिसबाट अर्कोमा संक्रमण हुने सम्भावना रहन्छ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

१८ भाद्र, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल…

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

१२ भाद्र, काठमाडौं । घरेलु टोली नेपाललाई बंगलादेशले पराजित गर्दै दक्षिण एसियाली फु…