SamwadKhabar logo

समाचार

फोहोरलाई व्यवस्थापन गरेर आम्दानी गर्दै नगरपालिका

देवराज रिजाल

देवराज रिजाल

फोहोरलाई व्यवस्थापन गरेर आम्दानी गर्दै नगरपालिका
२२ जेष्ठ, काठमाडौँ । धनकुटा नगरपालिकाले बजारछेवैमा बनाएको फोहोर विसर्जनस्थल पुग्दा जोकोही पत्याउँदैनन् । धनकुटा–६ सल्लेरी वनभित्र फोहोर फाल्ने ठाउँमा ४५ प्रजातिका फूल रोपिएका छन् । नजिकै धनकुटा बजार र कचिडे, आत्मारालगायतमा बाक्लो बस्ती पनि छन् तर उनीहरूलाई यो डम्पिङ साइट रहेको आभास नै हुँदैन । यहाँ निजी क्षेत्रको सहकार्यबाट फोहोर व्यवस्थापन गरिँदै आएको हो । नगरपालिकाका वातावरण शाखाका प्रमुख उपेन्द्र खनालका अनुसार यहाँ दैनिक साढे १३ टन फोहोर संकलन गरिन्छ । कुहिने फोहोरलाई एक ठाउँमा राखेर कम्पोस्ट मल बनाई त्यसमाथि माटोले पुरेर फूलबारीमा रूपान्तरण गरिएको छ । दैनिक, अर्ध साप्ताहिक र साप्ताहिक गरेर फोहोर संकलन गरिँदै आएको छ । नगरपालिकाले हरेक घरबाट वार्षिक ५० रुपैयाँदेखि ३ हजार ६ सय रुपैयाँसम्म फोहोर संकलनबापत कर लिन्छ । ३० रोपनी क्षेत्रफलमा फैलिएको फोहोर विसर्जनस्थलमध्ये करिब डेढ रोपनीमा आकर्षक फूलबारी छ । थप दुई रोपनीमा विस्तार थालिएको खनालले बताए । नकुहिने फोहोर बिक्रीबाट वार्षिक ५० लाख रुपैयाँभन्दा बढी आम्दानी हुने उनले बताए । त्यससँगै यहाँ ३९ जनाले रोजगारीसमेत पाएका छन् । निजी क्षेत्रबाट १४ र नगरपालिकाले २५ जनालाई रोजगारी दिएको हो । दैनिक ९ वटा ट्र्याक्टरबाट बजार तथा आसपासका बस्तीको फोहोर संकलन गरिन्छ । फोहोरका रूपमा संकलन हुने फलाम, काँच, प्लास्टिक, विद्युत्जन्य सामग्री, कार्टुन, कागजलगायत ६० प्रतिशत वस्तु छुट्याएर बिक्री गरिने फोहोरमैला व्यवस्थापन केन्द्रका संयोजक कौशल थापाले बताए । थापा निजी क्षेत्रबाट त्यहाँ सक्रिय छन् । कुहिने र नकुहिने फोहोर घरघरमै छ्ट्युाइने भएकाले सहज बनेको उनको तर्क छ । ‘एक दशकदेखि फोहोर मैलाकै काम गरेर सन्तुष्टिको कमाइ हात पार्दै आएको छु,’ थापाले भने, ‘फोहोरकै आम्दानीले श्रमिकलाई तलब दिइन्छ ।’ नगरपालिकाभित्रका ९ मध्ये ७ हजार घरधुरीबाट फोहोर संकलन गरिन्छ । नगरपालिकाले हरेक घरबाट वार्षिक ५० रुपैयाँदेखि ३ हजार ६ सय रुपैयाँसम्म फोहोर संकलनबापत कर लिन्छ । फोहोरले नगर कुरूप देखिन थालेपछि फोहोर विसर्जनको विकल्प खोजिएको थियो । ०६५ मा फोहोरमैला विसर्जन स्थलको सम्भाव्यता अध्ययन र प्रारम्भिक वातावरणीय परीक्षण गरी काम अघि बढाइएको थियो । उक्त योजनाले पूर्णता पाएपछि सुरुमा जथाभावी फालिने फोहोरलाई संकलन र व्यवस्थित गर्न थालियो । एउटा ट्र्याक्टरबाट फोहोर उठाउन थालिएको थियो । कुहिने र नकुहिने फोहोर व्यवस्थापनको अगुवाइका लागि नगरक्षेत्रका २ सय ५० जनालाई सचेतनामूलक तालिम दिइएको थियो । यस्तै, कुहिने फोहोरबाट बारी तथा कौसी खेतीमा जोड दिइएको छ । नगरवासीले कुहिने फोहोर तरकारी बालीमै कम्पोस्ट मल बनाएर प्रयोग गर्छन् । ०६६ देखि ०७० सम्म जम्मा गरिएको फोहोरले जब मलको रूप लियो, त्यसपछि माटोले पुरेर फूल रोप्ने सामान्य काम थालिएको नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारी बताउँछन् । आकर्षक गन्तव्य बनेकै कारण लगानीसमेत बढ्दै गएको अधिकारीको भनाइ छ । पूर्वाधारमा ३ करोड रुपैयाँ लगानी भइसकेको छ । वातावरण विभाग फोहोरमैला व्यवस्थापक प्राविधिक सहयोग केन्द्र र नगरपालिकासमेतको ६ करोड रुपैयाँ लगानी भएको छ । ‘पहिले फोहोरको डंगुर थुप्रिएर उराठलाग्दो बनेको थियो,’ उनले भने, ‘जब फूलबारी बनाइयो, अहिले त्यहीं सर्वसाधारणको आकर्षण बढेको छ ।’ धनकुटालाई १० वर्षपहिले नै प्लास्टिकमुक्त सहर बनाइएको थियो । नगरका अन्य स्थानमा सडक किनार आसपासका स्थानमा पनि आकर्षक फूलबारी बनाइएका छन् । एभोकाडो पार्कमा झमक घिमिरेको नाममा विशेष फूलबारीसमेत बनाइएको छ । फोहोर व्यवस्थापन र सरसफाइलाई उच्च प्राथमिकतामा राखिने पुनः निर्वाचित नगरप्रमुख चिन्तन तामाङ बताउँछन् । नगरपालिकाले राष्ट्रिय योजना आयोग, संघीय मन्त्रालय, सिटी नेट, एसप्याक, यूएनडीपी, बिलगेट्स एन्ड मेलिन्दा फाउन्डेसनको सहयोगमा एकीकृत फोहोर व्यवस्थापन कार्यक्रमअन्तर्गत कारखाना निर्माण गरी सञ्चालनमा ल्याएको हो । बायोग्यास उत्पादन मेसिन र दिसाजन्य लेदो व्यवस्थापनका लागि दुईवटा मेसिन ल्याउन लागिएको सापकोटाले बताए ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि