SamwadKhabar logo

समाचार

गर्मी मौसममा स्वस्थ राख्ने खानेकुरा

संवाद खबर

संवाद खबर

गर्मी मौसममा स्वस्थ राख्ने खानेकुरा
‘गर्मी मौसम रोग पनि लिएर आउँछ’ भनिन्छ। मौसमले रोग ल्याउने होइन, मौसमअनुसारको खानपान शैली नअपनाउँदा बिरामी भइन्छ। गर्मी मौसममा शरीरले चिसो मौसमभन्दा केही फरक खाना खोज्छ। जस्तैः चिसो मौसममा थोरै पानी खाँदा पनि केही फरक पर्देन, तर गर्मीमा पानी अलि बढी नखाए बिरामी हुने संभावना अधिक हुन्छ। गर्मी मौसममा चिल्लो र मसलेदार खानेकुरा रोग निम्त्याउने झ्याल जस्तै हुन्। त्यसैगरी जंकफुड खानु त सरासर रोगसँग साक्षात्कार गर्ने दुश्कर्म हो। यही मौसममा टायफाइड, जन्डिस, आउँजस्ता रोग निम्तिने र फैलिने भएकाले पनि खानेकुरामा ध्यान दिन जरुरी छ। सलाद यो मौसममा शरीरले पानी त धेरै माग्छ नै। पानी अलवा अरु पौष्टिक तत्व समेत हुने खानेकुरा खान सकियो भने दोहोरो बचावट हुन सक्छ। एउटा स्वास्थ्यलाई खराब गर्ने खानेकुराबाट टाढिने र अर्को जस्तो पायो त्यस्तै पानी खानुभन्दा उत्तम। यसका लागि यो मौसममा पेट भर्नका लागि अन्य खानेकुरा भन्दा सलादमा जोड दिनुपर्छ। सलादमा ९५ प्रतिशत पानी हुन्छ। यससँगै यसमा मिनरल्स र प्रोटिनजस्ता लाभदायी तत्व पनि हुन्छन्। ओमगा–३, फाइबर, आइरन र क्याल्सियम समेत हुने हुनाले जंकफुड खाएर पेट भर्नुभन्दा सलाद रोज्नु उपयुक्त हुन्छ। दही स्वास्थ्यका लागि दही फाइदाजनक चिज हो। पानीको धेरै मात्रासँगै यसमा एन्टी एसिड पनि हुन्छ, जुन पेटका लागि असाध्यै लाभदायी ठहरिएको छ। यसमा प्रोबायोटिक्स ब्याक्टोरिया अधिक मात्रामा हुन्छ, जसले शरीरको इम्युनिटी पावर बढाउने विभिन्न अध्ययनले देखाएका छन्। पानी पिउने बानी नभएकाहरुका लागि शरीरमा पानीको मात्रा बढाउने यो राम्रो विकल्प पनि हो। आँप आँप यस्तो फल हो, जसले यो मौसममा शरीरलाई चाहिने शक्ति प्रदान गर्नुका साथै स्वस्थ राख्न समेत सघाउँछ। आँपमा पाइने तत्वले ब्लडसुगरको लेभल घटाउन सहयोग गर्दछ। यसमा पाइने फिनोलिक्स ९कार्बोलिक एसिड०ले शरीरका सेलहरुको मर्मतसम्भार गरेर चुस्त–दुरुस्त राख्न सघाउने डाक्टरहरु बताउँछन्। अमला अमला भिटामिन सीको राम्रो स्रोत हो। एउटा अमलाले ३ वटा सुन्तलाको बराबर भिटामिन सी प्रदान गर्छ। भिटामिन सीले शरीरमा हुने विषालु पदार्थलाई सजिलै बाहिर निकाल्न मद्दत गर्दछ। कागती कागती स्वास्थ्यका लागि निकै लाभदायी फल हो। स्वास्थ्यमा यसले पार्ने फाइदा र विशेष खालको स्वादका कारण कागती विभिन्न प्रकारका भोजनमा प्रयोग गरिन्छ। मानिसलाई दैनिक चाहिने भिटामिन सीको ३२ प्रतिशत कागतीबाट प्राप्त गर्न सकिन्छ। यसमा उच्चमात्रामा पानी हुनुका साथै क्याल्सियम, आइरन, कपर, सोडियम, म्याग्नेसियम, फोस्फोरस र पोटासियम जस्ता खनिज र फोलेट, भिटामिन ए, इ र केजस्ता भिटामिनहरु पाइन्छ। कागतीमा पाइने घुलनशिल फाइबर र लिमोनिनले रक्तचाप घटाउन मद्धत गर्छ। यसले रक्त धमनीको सूजनबाट बचाई मुटु रोग लाग्न दिँदैंन। कागतीको रस र बोक्रामा पाइने भिटामिन सीले स्ट्रोकको खतरा कम गर्छ, विशेष गरी महिलाका लागि यो उपयोगी हुन्छ। मुटुको धमनीमा बोसो जम्न नदिई कोरोनरी मुटु रोग लाग्न दिँदैंन। कागतीमा पाइने विशेष खालको तेलले तौल घटाउनुका साथै खानाको उपभोग नियन्त्रण गर्छ। साइट्रिक एसिड चिल्लो हटाउने उत्कृष्ट तत्व हो। यसले रोग प्रतिरोधी क्षमतामा वृद्धि गरी मलेरिया, डाइरिया, निमोनियाजस्ता रोगको संक्रमण हुन दिँदैन। यसमा पाइने भिटामिन सीले रुघाखोकी, ज्वरो आउन दिँदैंन।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि