SamwadKhabar logo

               

समाचार

नास्टका वैज्ञानिकले गरे सिसडोलको अध्ययन, फोहोरको लिच्चडले पानी पनि प्रदूषित भएको पुष्टि

देवराज रिजाल

देवराज रिजाल

नास्टका वैज्ञानिकले गरे सिसडोलको अध्ययन, फोहोरको लिच्चडले पानी पनि प्रदूषित भएको पुष्टि
२५ जेष्ठ, काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले ओखरपौवास्थित ल्याण्डफिल साइटमा वातावरण प्रदुषणको समस्या देखाएको छ । अध्ययनका क्रममा साइट क्षेत्रमा फोहोरको गन्धभन्दा बढी मिथेनको गन्ध भएको पनि औंल्याइएको छ । ‘अहिलेको गन्ध मापन गरिएको हो । हामीले साइटको माथिल्लो भागमा गएर पूर्व, पश्चिम, मध्य र दक्षिणतर्फको भागमा अलसेक्टोमिटर उपकरण प्रयोग गरेर गन्धको मापन ग¥यौँ । नास्टका वरिष्ठ वैज्ञानिक डा। भोजराज पन्तले भने’, ‘साइटको पूर्वतर्फ खोल्सोमा फोहोरको गन्ध अलि बढी छ । अन्य ठाउँमा फोहोरकोभन्दा मिथेन ग्यसको गन्ध धेरै भेटियो । बाटोमा दक्षिणतर्फ गन्ध कम छ । हुनत, अध्ययन गरिएको समयमा हावाको बहावले पनि गन्धलाई फरक पार्छ ।’ डा. पन्तका अनुसार साइटभित्रबाट मिथेन ग्याँसबाहिर ल्याउन भेन्ट नभएकोले भित्र धेरै ग्यास भरिएको छ । यसलाई ड्रिल गरेर बाहिर ल्याउनुपर्छ । यसको व्यवस्थापनका लागि छिमेकी गाउँमा खाना पकाउने प्रयोजनका लागि वितरण गर्न सकिन्छ । साइटमा कति परिमाणमा ग्याँस छ ? कति निकाल्न सकिन्छरु र कसरी वितरण गर्न सकिन्छ । यसका लागि थप अध्ययन आवश्यक पर्ने उनको भनाइ छ । महानगरका प्रमुख बालेन्द्र शाले साइट व्यवस्थापनका लागि गन्धसँगै पानी, माटोजस्ता क्षेत्रको अध्ययन गर्नुपर्ने बताए । हाल साइटमा डा. रविन्द्र ढकाल, डा. टिस्टा प्रसाई जोशी, डा. सौरभ भट्टराई, अनिता पन्थी र सुनिता श्रेष्ठ सहभागी भएको टोलीले प्रारम्भिक अध्ययन गरेको छ । अध्ययनबाट प्राप्त जानकारी उल्लेख गर्दै प्रमुख शाहले भने, ‘लिचेड मिसिनु भन्दा अगाडि, लिचेड मिसिएको ठाउँ र लिचेड मिसिएको ठाउँभन्दा ९२० मिटर पर गरेर ३ फरक फरक बिन्दुबाट पानीको नमुना संकलन गरेर प्रारम्भिक अध्ययन गरिएको छ । यी ठाउँबाट संकलन गरिएका ३ वटा नमूनाहरुको तुलनात्मक अध्ययनबाट स्रोतबाट १ किलोमिटर परसम्मको पानीमा लिचेडको मात्रा धेरै देखिएको छ । यहीकारण जलमा बस्ने जीवजन्तुमा नकारात्मक असर परेको अध्ययनले देखाएको छ ।’ पानी प्रदुषण र लिचेड सम्बन्धी अन्तिम रिपोर्ट आएपछि अल्पकालीन मध्यकालीन र दीर्घकालीन समाधानका उपाय खोजिने प्रमुख शाहको भनाइ छ । यसैगरी अमृता पौडेल नेतृत्वको टोलीले सिसडोल साइटलाई गन्धमुक्त बनाउन बनाउन चाहिने जीवातुको मात्रा र छर्ने बिधि निर्क्यौल गरेको छ । यसका लागि प्रारम्भिक काम ३ दिन भित्र नै सुरु गर्ने गरि तयारी भएको छ । नास्टको यो दोस्रो अध्ययन हो । यसअघि २०७८ असार १ गतेको सम्झौताबमोजिम अध्ययन गरेर माघ १४ गते अध्ययन प्रतिवेदन बुझाएको थियो । त्यतिबेला प्रतिष्ठानका सचिव डा। महेशकुमार अधिकारीको संयोजकत्व गठित ६ सदस्यीय समितिले साइटको अध्ययन गरेको थियो । समितिको सदस्यमा नास्टका बैज्ञानिक डा। दीपाश्री रावल र जयश्री सिजापति, वातावरणबिज्ञ ईञ्जिनियर स्व। सूर्यमान शाक्य र महानगरका इञ्जिनियर सरकारदीप श्रेष्ठ सदस्य थिए भने सदस्य सचिवमा बरिष्ट बैज्ञानिक अधिकृत डा. भोजराज पन्त थिए । त्यस अध्ययनले ल्याण्डफिल्ड साइट आसपासका १० ठाउँलाई अति प्रभावित, १० ठाउँलाई प्रभावित र ४ वटा स्थान कम प्रभावित भएको देखाएको थियो । अध्ययन समितिका सदस्य सचिव एवं नास्टका बरिष्ट वैज्ञानिक अधिकृत डा। पन्तका अनुसार, साइटको गन्ध, सतह तथा भूमिगत पानी, लिचेड निष्कासन र व्यवस्थापन, माटोमा फोहोरमैला व्यवस्थापन गर्दा परेको प्रभावसँग पशुपंक्षी तथा मानव बसोबासमा परेको प्रभाव जस्ता बिषयलाई अध्ययनका क्रममा हेरिएको थियो । स्थलगत रुपमा गरिएको नमूना संकलनलाई प्रयोगशालामा गरिएको परीक्षण तथा स्थानीय अवस्था र स्थानीयबासीको धारणाका आधारमा अति प्रभावित, प्रभावित र कम प्रभावित गरी क्षेत्र निर्धारण गरिएको थियो । २०७८ असोज र कार्तिक महिनामा अध्ययन गरिएको थियो । प्रतिवेदनमा पृष्ठभूमि, अध्ययनको बिधि, बिगतका अभ्यास र कागजपत्रको विश्लेषण, निष्कर्ष र सिफारिस समेटिएका छन् । त्यस्तै अनुसूचीहरूमा स्थलगत अध्ययनका क्रममा स्थानीयसँग गरिएको छलफल भएका भनाइहरु समेटिएका छन् । अध्ययनमा सतह र भूमिगत पानीको अवस्था, लिचेड र यसले पानी तथा जमिनमा पु¥याएको असर, ल्याण्डफिल्ड साइट आसपास क्षेत्रमा गन्धको प्रभाव, ल्याण्डफिल्ड साइटबाट निष्कासन भएको ग्याँसको अवस्था, साइटबाट उत्पन्न हुने धुलनशील धुलोको कणको अवस्था र यिनीहरुले वातावरण तथा स्थानीय जनजीवनमा पारेको असर जस्ता बिषय समेटिएका थिए । यसका लागि लिचेड निष्कासन हुने १ ठाउँबाट लिचेडको, कोल्पु खोला १ ठाउँबाट भूमिगत र ४ ठाउँबाट सतही पानीको नमूना संकलन गरिएको थियो । त्यस्तै ल्याण्डफिल्ड साइटको ३ ठाउँबाट माटो, सिसडोलको २ वटा ठाउँबाट ग्याँस, ककनी गाउँपालिका वडा १ र २ का एक—एक वटा ठाउँबाट घुलनशील धुलोका कणका नमूना संकलन गरिएको थियो । त्यस्तै २४ ठाउँबाट गन्ध मापन गरिएको थियो । मापनका आधारमा नुवाकोट जिल्लाको ककनी गाउँपालिकास्थित तल्लो सिउँडिनी (तलेटार, ल्याण्डफिल्ड साइटको माथिल्लो भाग), सोति बालुवा, मंगटा टोल १ र २, पाँचमुरी टोल गरी पाँचवटा स्थान अति प्रभावित क्षेत्रमा परेका छन् । त्यस्तै धादिङ जिल्लाको धुनिबेसी नगरपालिकाअन्तर्गत सिंम्खडा गाउँ, तिलखोरिया, कोल्पु खोला १ र २ गरी ४ वटा ठाउँ र काठमाडौको तारकेश्वर नगरपालिकाअन्तर्गत खिलबुटा एक गरी जम्मा १० स्थानलाई अतिप्रभावित क्षेत्रमा राखिएको छ । यसै गरी ककनीका ८ वटा र धुनिबेसीका २ ठाउँ गरी १० ठाउँ प्रभावित क्षेत्र परेका छन् । जसमा ककनी गाउँपालिकाअन्तर्गतका भण्डारथुम्का, ढोका भञ्ज्याङ्, चाउथी ए र बि, कागती गाउँ, शिवालय माध्यमिक बिद्यालय, तल्लो सिउँडिनी १ र २ तथा धुनिबेँसी नगरपालिका अन्तर्गत पाठक गाउँ, डिगाउँ गरी २ वटा ठाउँ छन् । ककनी गाउँपालिकाकाको कागती गाउँ हेल्थ पोष्ट र सिउँडिनी ट््याङ्की डाँडा गरी २ ठाउँ कम प्रभावित क्षेत्रमा परेका छन् । त्यस्तै धादिङको धुनिबेँसी नगरतर्फ स्वना गाउँ र कटुञ्जे गाउँ गरी २ वटा ठाउँ कम प्रभावित ठाउँमा परेको महानगरपालिकाले जनाएको छ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे  छलफल

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…