SamwadKhabar logo

               

खेलकूद

नेपाली युवा टोलीको परीक्षण जोर्डनसँग

संवाद खबर

संवाद खबर

नेपाली युवा टोलीको परीक्षण जोर्डनसँग
जेठ २५, काठमाडौं । नियमित कप्तानसहित महत्त्वपूर्ण खेलाडीलाई बाहिर राखिएर बनाइएको नेपाली फुटबल टोलीले आज एएफसी एसियन कप छनोटको तेस्रो चरणमा जोर्डनविरुद्ध प्रतिस्पर्धा गर्दै छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नियमित कप्तान किरण चेमजोङसहित रोहित चन्द, अञ्जन विष्ट, अनन्त तामाङ, दिनेश राजवंशी, सुजल श्रेष्ठ, विमल घर्तीमगर, तेज तामाङ, विशाल राई, विशाल श्रेष्ठ, विकेश कुथु, सुमन लामालाई टोलीबाट बाहिर राख्दै नयाँ टिम बनाएका थिए । अलमुताइरीको ‘तानशाह’ कार्यशैलीमा असन्तुष्टि जनाउँदै खेलाडीहरूले गएको वैशाख १३ गते राष्ट्रिय टोलीको बन्द प्रशिक्षण छाडेका थिए । नयाँ अनुहार समेटेर बनाइएको नेपाली टोलीले कुवेत जानुअघि कतारमा १० दिनको अभ्यास गरेको थियो । कतारमा नेपालले लिस्टे टिमोर, श्रीलंका र ओमानसँग अभ्यास खेल खेलेको थियो । नेपालले आज कुवेतको जाबेर अल अहमद रंगशालामा समूहको पहिलो खेलमा जोर्डनविरुद्ध खेल्नेछ । नेपाल र जोर्डनबीचको खेल नेपाली समयानुसार राति १ बजे सुरु हुनेछ । मुख्य प्रशिक्षक अलमुताइरीले जोर्डनविरुद्ध विनादबाब खेल्ने बताएका छन् । ‘‘हामीलाई दबाब छैन । किनभने, हाम्रो समूहमा हामी पोर्ट–४ को राष्ट्र हौँ,’’ प्रतियोगिताअघिको पत्रकार सम्मेलना अलमुताइरीले भने, ‘‘नेपालका लागि यो खेल महत्त्वपूर्ण छ । उत्कृष्ट नतिजाका लागि हामीले केही गर्न आवश्यक छ ।’’ अल्मुताइरीले यस प्रतियोगिताका लागि बन्द प्रशिक्षण सुरु गर्नुअघि नै एसियान कपमा नेपाल छनोट नहुने दाबी गरेका थिए । लगत्तै टिमका सिनियर खेलाडीसँग उनको विवाद सुरु भएको थियो । अल्मुताइरी र खेलाडीबीचको विवाद समस्या पहिचान तथा सुझाव कार्यदलले अल्मुताइरीको विकल्प खोज्न एन्फालाई भनिसकेको छ । अल्मुताइरीले आफूहरू सन् २०२६ को विश्वकप छनोटको तयारीमा रहेको बताएका छन् । ‘‘हामी सन् २०२६ को विश्वकप छनोटको तयारी गरिरहेका छौँ । हामीसँग ११ नयाँ खेलाडी छन् । उनीहरूको औसत उमेर २१ वर्ष छ,’’ अल्मुताइरीले जोर्डनविरुद्धको खेलअघि भने, ‘‘हामीले उनीहरूको खेल हेरिरहेका छौँ ।’’ यस प्रतियोगिताका लागि कप्तानको भूमिकामा रहेका नवयुग श्रेष्ठले नतिजा जस्तो आए पनि उत्कृष्ट प्रदर्शन गर्ने बताए । ‘‘जोर्डन हामीभन्दा बलियो भएको प्रमाणित भइसकेको छ । तर, हामी आफ्नो उत्कृष्ट प्रदर्शन गर्नेछौँ,’’ कप्तान नवयुगले भने । छनोट प्रतियोगताको समूह ‘ए’ मा रहेको नेपालले जेठ २८ गरे घरेलु टोली कुवेत र जेठ ३१ मा इन्डोनेसियासँग खेल्नेछ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…