SamwadKhabar logo

समाचार

कसुर ठहर भएका जनप्रतिनिधिलाई निलम्बन गर्न निर्देशन

देवराज रिजाल

देवराज रिजाल

कसुर ठहर भएका जनप्रतिनिधिलाई निलम्बन गर्न निर्देशन
२५ जेष्ठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कसुर ठहर भएका व्यक्तिहरु निर्वाचित भएकाले कानूनअनुसार निलम्बनको व्यवस्था कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । विभिन्न मितिमा भ्रष्टाचार कसुरमा अख्तियारले विशेष अदालतमा आरोपपत्र दयार गरेको र मुद्दा विचाराधीण रहेकै अवस्थामा ती व्यक्तिहरु वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित हुनुभएको थियो । निर्वाचित हुनेमा कैलालीको मोहन्याल गाउँपालिका वडा नं. २ का तत्कालीन वडाध्यक्ष देवीदत्त उपाध्यायमाथि सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेकाले भ्रष्टाचार मुद्दा दायर छ । कैलालीकै मोहन्याल गाउँपालिका, वडा नं. ३ का तत्कालीन वडाध्यक्ष नन्दराम गिरीले सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार गरेकाले उहाँमाथि आरोपपत्र दायर गरेको छ । नुवाकोटको विदुर नगरपालिका, वाड नं.९ का सुलक्षण माध्यामिक विद्यालयका प्रध्यानाध्यापक हरिराम भण्डारीले विद्यालयको रकम हिनामिना गरी भ्रष्टाचार गरेकाले उहाँमाथि पनि भ्रष्टाचारको मुद्दा छ । अछामको पंचदेवल विनायक नगरपालिका, वडा नं. ७ को कालीदेवी माध्यमिक विद्यालयको प्राथमिक तहका शिक्षक सुरतबहादुर रावलले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सेवामा बहाल रहेकाले उहाँमाथि पनि भ्रष्टाचार मुद्दा दायर छ । यस्तो अवस्थामा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ मा कसुरको आरोप लागेको कुनै पनि व्यक्ति र राष्ट्रसेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहने व्यवस्था रहेको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि