SamwadKhabar logo

समाचार

आगो लगाएर एक महिलाको हत्या

देवराज रिजाल

देवराज रिजाल

आगो लगाएर एक महिलाको हत्या
२५ जेष्ठ, काठमाडौं । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ बारिलमा आगो लगाएर एकजना एकल महिलाको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले बारिलका ४५ वर्षीया अनिभा खडायतको हत्या गरिएको जानकारी दिनुभयो । प्रहरी निरीक्षक कार्कीका अनुसार घर नजिकैको खरको लुटो (कुन्यू) मा आगो लगाएर खडायतको हत्या गरिएको हो । घटनाबारे अनुसन्धानका लागि दार्चुलाका डीएसपी प्रतिक विष्ट नेतृत्वको टोली घटनास्थल जाँदै गरेको उहाँले बताउनुभयो । घटनाको अनुसन्धानको लागि प्रहरी चौकी बलाँच, इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट पनि टोली परिचालन गरिएको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो । एकल महिला खडायतलाई राति हत्या गरिएको अवस्थामा फेला पारेको शैल्यशिखरको वडा नम्बर १ का वडाअध्यक्ष भरतबहादुर खडायतले बताउनुभयो । खडायतका श्रीमान् सात वर्ष पहिले बित्नुभएको थियो भने उहाँका दुई छोरी र एक छोरा हुनुहुन्छ । घटनामा संग्लन रहेको आङ्शकामा प्रहरीले स्थानीय वीरेन्द्र खडायत र तुला खडायतलाई नियन्त्रणमा लिएको छ । प्रहरी निरीक्षक कार्कीले शङ्कास्पद दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको बताउनुभयो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि