SamwadKhabar logo

               

खेलकूद

फाप्लाका नवनियुक्त पदाधिकारीलाई नियुक्ती पत्र हस्तान्तरण

संवाद खबर

संवाद खबर

फाप्लाका नवनियुक्त पदाधिकारीलाई नियुक्ती पत्र हस्तान्तरण
जेठ २५, काठमाण्डौं । फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान एवं खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष तथा सदस्यलाई नियुक्ती पत्र प्रदान गरीएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष सुवास शाही र सदस्य कल्पना दियाकोटीलाई नियुक्ती पत्र प्रदान गर्नुभएको हो । नियुक्ती पत्र हस्तान्तरण गर्दै मन्त्री अथकले निर्धारित समयमै योजना सम्पन्न गर्ने गरी काम अगाडी बढाउन निर्देशन दिनुभएको छ । फाप्ला क्रिकेट मैदानका परिकल्पनाकारलाई नै सरकारले विकास समितिको अध्यक्ष बनाएको भन्दै मन्त्री अथकले सबै पक्षलाई समेटेर राष्ट्रकै गौरव गर्न लायकको संरचना बनाउन निर्देशन दिनुभएको हो । साथै मन्त्री अथकले समितिका नवनियुक्त पदाधिकारीलाई कार्यकाल सफलताको शुभकामना समेत दिनुभएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विकास समितिको अध्यक्षमा शाही र दियाकोटीलाई सदस्यमा मनोनित गरेको थियो । फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति आदेश–२०७९ बमोजिम ३ वर्षे कार्यकालकालागि शाहीलाई समितिको अध्यक्षमा नियुक्त गरीएको हो । क्रिकेट मैदान तथा खेलग्राम निर्माणका लागि ९ सदस्यीय विकास समिति गठन गर्ने व्यवस्था छ । जसअन्तर्गत समितिको सदस्यमा धनगढी उपमहानगरपालिका र कृष्णपुर नगरपालिकाका नगर प्रमुख पदेन सदस्य रहने ब्यवस्था छ भने सुदूरपश्चिम प्रदेश सरकारको खेलकुद हेर्ने मन्त्रालयका सचिव, कैलालीका प्रमुख जिल्ला अधिकारी, शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन ईकाई कैलालीका प्रमुख, उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष समेत विकास समितिको सदस्य रहनेछन ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

एनपीएलको खेल तालिका सार्वजनिक (तालिकासहित)

एनपीएलको खेल तालिका सार्वजनिक (तालिकासहित)

४ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को खे…