SamwadKhabar logo

               

खेलकूद

आईसीसी विश्वकप लिग टूमा नेपालले ओमानसँग खेल्दै

देवराज रिजाल

देवराज रिजाल

आईसीसी विश्वकप लिग टूमा नेपालले ओमानसँग खेल्दै
२६ जेष्ठ, काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू सिरिजकाअन्तर्गत आज (बिहीबार) नेपालले ओमानसँग खेल्दै त्रिकोणात्मक सिरिजको सुरुआत गर्दैछ ।​ मोसा क्रिकेट मैदानमा नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार राति ९ः१५ बजे सुरु हुनेछ । आजको खेलमा नेपाल ओमानलाई हराउँदै सिरिजको सुखद सुरुवात गर्ने योजनामा छ । यसअघि नेपाल र ओमानबीच भएको चार एकदिवसीय खेलमा ओमानले तीन खेलमा जित निकालेको छ । नेपाले भने एक खेलमा जित निकालेको छ । आजको खेलमा नेपाल जित निकाल्दै लयलाई परिवर्तन गर्ने योजनामा छ । इतिहास हेर्दा नेपाल ओमानसँग सधैं कमजोर बनेको छ । तर, आजको खेलमा सहज जित निकाल्दै सिरिजमा आफूलाई बलियो सावित गर्ने नेपाललाई मौका छ । लिग टू अन्तर्गत नै नेपालले ओमानलाई २०२१ को सेप्टेम्बरमा उसैको मैदानमा ७ विकेटले हराएको थियो । त्यसअघिका तीन खेलहरूमा नेपाल ओमानसँग लगातार पराजित भएको थियो । यता ओमान पनि लिगमा जित निकाल्ने योजनामा छ । पहिलो खेलमा ओमान यूएईसँग ११४ रनले पराजित भएको थियो । त्यसैले ओमानका लागि आजको खेल निकै महत्वपूर्ण हुनेछ । लिग टू मा ओमान ३२ खेलमा ४० अंक जोडेर शीर्ष स्थानमा छ । यता नेपाल १२ खेलमा १२ अंक जोडेर छैटौं स्थानमा छ । सिरिजअन्तर्गत नेपालले दोस्रो खेल अमेरिकाविरुद्ध जुन ११ मा खेल्नेछ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…