SamwadKhabar logo

समाचार

काठमाडौंको फोहोर व्यवस्थापनमा स्थानीयसँग सहमति

संवाद खबर

संवाद खबर

काठमाडौंको फोहोर व्यवस्थापनमा स्थानीयसँग सहमति
जेठ २७, काठमाडौं । उपत्यकाको फोहोर ब्यवस्थापनबारे ल्याण्डफिल्ड साइटका स्थानीयसँग सहमति भएको छ । बिहीबार मध्यराति १ बजे काठमाडौं महानगरपालिका र आन्दोलनकारी स्थानीय वासिन्दाका प्रतिनिधिहरूबीच सहमति जुटेको हो । महानगरपालिका र सिसडोल तथा बञ्चरेडाँडाका स्थानीयबीच १८ बुँदे सहमति भएको छ । सहमति अनुसार आजदेखि स्थानीय वासिन्दाले फोहोर विसर्जन गर्न जाने गाडीहरूलाई अवरोध गर्ने छैनन् । तर, फोहोर बोकेका गाडीहरू रातीको समयमा मात्रै ल्याण्डफिल्डसाइटमा जान पाउने छन् । सहमतिपत्रमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, ककनी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष पदमबहादुर श्रेष्‍ठ, वडा नम्बर २ का अध्यक्ष तिलक बहादुर लामा, धुनीबेंसी नगरपालिका वडा नम्बर १ का अध्यक्ष बहादुर तामाङ र वडा नम्बर ३ का अध्यक्ष प्रकाश हमालले हस्ताक्षर गरेका छन् । रातिमा फोहोर ब्यवस्थापनका लागि आवश्यक पूर्वाधार बत्ती जडान र बाटोको निर्माण महानगरपालिकाले तीन महिना भित्र गर्ने सहमति जुटेको छ । यस्तै, सिसडोल तथा बञ्चरेडाँडामा फोहोरको दुर्गन्ध नआउने गरी महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने पनि सहमति भएको छ । त्यसैगरी फोहोरबाट निस्कने लिच्चड खोलामा नमिसाउने गरी दुई महिनाभित्र वैज्ञानिक व्यवस्थापन गरिनेछ । फोहोर बोक्ने गाडीबाट बाटोमा लिच्चड नचुहिने व्यवस्था पनि एक महिना भित्रै गरिने छ । प्रभावित क्षेत्रको अध्ययन गरी प्रभावित क्षेत्र छुट्याउने र अध्ययनले दिएको सुझाव अनुसारका कार्यहरू कार्यान्वयन गर्ने सहमति पनि भएको छ । प्रभावित क्षेत्रको शिक्षाको गुणस्तर वृद्धिका लागि महानगरपालिकाले सहयोग गर्ने सहमति पनि भएको छ । फोहोरमैला व्यवस्थापनको कारण प्रभावित भएका क्षेत्रको विकास निर्माणका लागि काठमाडौं महानगरपालिकाले वार्षिक रुपमा बजेट विनियोजन गर्ने छ भने फोहोरलाई स्रोतमै वर्गीकरण गरी व्यवस्थापन गर्ने जिम्मेवारी पनि महानगरपालिकाले पूरा गर्ने छ । यसअघि शहरी विकास मन्त्रालयको रोबहरमा भएको सहमतिलाई स्थानीय वासिन्दाले नमानेपछि फोहोर ब्यवस्थापन रोकिएको थियो । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले समेत मेयर बालेन्द्र शाह (बालेन) सँग भेटेर सहमतिका लागि पहल गर्न आग्रह गर्नुभएको थियो ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि