SamwadKhabar logo

               

खेलकूद

नेपाल ओमानसँग १३ रनले पराजित

देवराज रिजाल

देवराज रिजाल

नेपाल ओमानसँग १३ रनले पराजित
२७ जेष्ठ, काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका भ्रमणमा रहेको नेपालले त्रिदेशीय सिरिजको पहिलो खेलमा ओमानसँग पराजित भएको छ । अमेरिकाको ह्युस्टस्थित मुसा क्रिकेट स्टेडियममा शुक्रबार बिहान भएको खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको हो । ओमानले दिएको २ सय १२ रनको लक्ष्य विजयी लक्ष्य पछ्याएको नेपाल ४९.४ ओभरमा सबै विकेटको क्षतिमा १ सय ९८ रनमा समेटिएको थियो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ६६ रन बनाउनुभयो । देव खनालले ३४, रोहित पौडेलले २० र दिपेन्द्र सिंह ऐरीले १६ रन बनाउनुभयो । विनोद भण्डारीले १४, सोमपाल कामीले १३ र नेपाली सिनियर टोलीका डेब्यु गर्नुभएका सुनिल धमलाले १२ तथा करण केसीले ८ रन जोड्नुभयो । ओपनर सुवास खकुरेलले ३ र कप्तान सन्दीप लामिछाने २ रन बनाउमा आउट हुनुभयो । सुशन भारी सुन्य रनमा अविजित रहनुभएको थियो । बलिङमा नेपालका ओमानका जिसन मक्सुद र खवर अलिले तीनतीन विकेट लिनुभयो । बिलाल खानले दुई विकेट भाmर्नुभयो । यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको ओमानले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो । ओमानका लागि जिसन मक्सुदले अविजित १ सय ४ रनको शतकीय इनिङ्स खेल्नुभयो । खवर अलीले ३०, सोयब खानले २७ र सुरज कुमारले १२ रन बनाउनुभयो । बलिङमा नेपालका करण केसीले पाँच विकेट लिनुभयो । ३८ रन खर्चिएर पाँच विकेट निुभएका करण एकदिवसीय अन्तराष्ट्रियको एउटै खेलमा नेपालका लागि पाँच विकेट लिने तेस्रो खेलाडी बन्नुभएको छ । यसअघि सन्दीप लामिछाने र सोमपाल कामीले पनि पाँच विकेट लिनुभएको थियो । सन्दीपले दुई तथा सोमपालले एक विकेट लिनुभयो । यस हारसँगै लिगमा १३ खेल सकेको नेपाल १२ अंक सहित छैटौं स्थानमा छ । ४२ अंक बनाएको ओमान शीर्षस्थानमा छ । दोस्रो खेलमा नेपालले शनिबार मेरिकाविरुद्ध खेल्नेछ । तेस्रो खेल जेठ ३१ गते ओमानविरुद्ध र अन्तिम खेल असार १ गते अमेरिकाविरुद्ध खेल्नेछ । लिग–२ अन्तर्गत सिरिजमा यसअघि १२ खेल खेलेको नेपाल अहिले तालिकाको छैटौं स्थानमा छ । ओमान, यूएई, स्कटल्याण्ड, नामिबिया, अमेरिका र पीएनजी गरी सात टोली सहभागी आईसीसी विश्वकप लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…